ऊर्जामन्त्री घिसिङको नेतृत्वमा ‘जनसेवा’ पार्टी खुल्दै, २१ सदस्यीय केन्द्रीय समिति बन्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०८२, आईतवार
0 Min Read
Aa
आन्दोलनबाट क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरिएको कोषको विषयमा सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुहुँदै सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ। तस्बिरः गोपाल दाहाल/ रासस

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा ‘नेपाल जनसेवा पार्टी’ खुल्ने भएको छ । मन्त्री घिसिङ निकट स्रोतका अनुसार निर्वाचन आयोगमा दर्ताका लागि अन्तिम तयारी भइरहेको पार्टीको केन्द्रीय समिति २१ सदस्यीय हुनेछ ।

जेनजी आन्दोलन हुनुअघिदेखि नै पार्टी स्थापनाको तयारीमा जुटेका कुलमान मन्त्री बनेपछि आफ्नै नेतृत्वमा पार्टी खोल्ने कि अरुलाई नेतृत्वमा अगाडि बढाउने भन्ने अलमलबिच अन्तत: आफ्नै नेतृत्वमा पार्टी स्थापना गर्ने निष्कर्षमा पुगेका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्