भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको ऊर्जामन्त्री घिसिङको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०८२, आईतवार
1 Min Read
Aa
आन्दोलनबाट क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरिएको कोषको विषयमा सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुहुँदै सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ। तस्बिरः गोपाल दाहाल/ रासस

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको दाबी गरेका छन्। आईतबार उनले हिउँदयामको विद्युत् व्यवस्थापनका लागि पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको बताएका हुन्।

उनले भने म स्पष्ट भन्न चाहन्छु — यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको हो।

- Advertisement -
Ad imageAd image

उनले भने ‘नदी प्रवाहमा आधारित हाम्रो प्रणालीले बर्षायाममा निर्यात र सुख्खायाममा केही परिमाणमा आयात आवश्यक छ । हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेका छौं, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रूपैयाँ सम्मको महंगो विधुत आयात गर्नु पर्ने वाध्यता हटेको छ ।’

घिसिङले यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम रहेको समेत उल्लेख गरेका छन् । उनले यो निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको भएकोले भ्रममा नपर्न आग्रह गरेका छन् ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्