राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०८२, शनिबार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन्।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन्।

- Advertisement -
Ad imageAd image

उनले भनिन्,‘पहिलेका भन्दा अहिलेको चुनौती फरक छ। यो आत्मविश्वास र चुनौतीसँग जोडिएको छ। भर्खरैको जेनजी आन्दोलनले नेपाललाई सैह्य हुने छैन् भन्ने कुरा खुला लक्ष्मण रेखा स्थापित गरेको छ। यो युवा पुस्ताको प्रष्ट सन्देश हो। भ्रष्टाचार कमीसनको सञ्जाल सह्य छैन। लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन। नीतिगत चलखेल गर्नेहरु पोषिने अवस्था रहनुहुँदैन्। राज्यविहीनताको फाइदा उठाउँदै औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण अस्वीकार छ। निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी राख्ने छैन।’

त्यस्तै उनले मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने कुरा तथ्यांकहरुले बारम्बार प्रमाणित गरिसकेको बताइन्। कूल ग्राहस्थ उत्पादनमा, निर्यातमा, रोजगारी र करदाताका रुपमा निजी क्षेत्रको योगदान सधैँ अग्रणी रहने उनको भनाई छ।

उनले उद्योगी व्यवसायीहरुलाई आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरुको परिचय दिएकी गरेकी छिन्।

‘मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने हाम्रा तथ्यांकहरुले बारम्बार प्रमाणित गरेका छन्। कूल ग्राहस्थ उत्पादनमा होस् ,निर्यातमा होस् रोजगारी या करदाताका रुपमा निजी क्षेत्रको योगदान सँधै अग्रणी छ। उद्योगी व्यवसायीहरुलाई म आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरु ठान्दछु। जसमाथि समग्र मुलुकले समृद्धिको धरोहरा अडिने छ।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सहज वातावरण निर्माणको निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन्। रेमिटेन्सको भरमा मात्र बाच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार जुटेको बताउँदै उनले विज्ञहरूको सुझाव अनुसार पुँजीगत खर्चलाई तिब्र बनाउने दावी गरिन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्