मोहम्मद अफताब आलमको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं –  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो।

अस्पतालका अनुसार ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएकाे छ। उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

- Advertisement -
Ad imageAd image

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो।

उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्