कात्तिक २१ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०८२, शुक्रबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ कात्तिक २१ गते शुक्रबार ई.सं. २०२५ नोभेम्बर ७ नेपाल सम्बत ११४६ कछलाथ्व द्वितीय, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, मङ्सिर शुक्ल पक्ष द्वितीय, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, परिघ योग, गर करण । आज बिहान ६ बजेर १९ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर १७ मिनेटमा अस्ताउनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५४ मिनेटदेखि ०८ बजेर ४४ मिनेट सम्मको समय शुभ छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधुप बढेपनि चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने समय छ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइएला । भाग्यले नसोचेको फाइदा दिलाउन सक्ने योग छ । सफलता र विशेष लाभका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहेपनि आत्मविश्वासले काम लिन सकिएला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्ने योग पनि छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, आर्थिक व्यवहार चाहिँ आजको दिन सकभर नगर्नु उचित हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तथापि, समुदायको हक–हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । नियमित कार्यमा रोकावट आउने र कममात्र फाइदा हुने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा परिएला । आर्थिक ब्ययको योग रहेकोले आर्जित धन तत्काल खर्च हुन सक्छ । शत्रुपक्ष हाबी बन्न खोजेपनि आत्मविश्वास उच्च हुनाले अन्ततः विजय तपाईंकै हुनेछ । समस्याको समाधान मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहयोगीहरूले राम्रो साथ दिनाले रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त होला । विभिन्न भौतिक साधन पनि जुट्नेछन् । कतै आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको योग छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काममा हात हाल्न सकिने र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनुका साथै विगतको सफलताले थप काम गर्न हौसला मिल्ने देखिन्छ । प्रेमभाव बढ्नेछ । रसरागको क्रियाकलापमा आकर्षण रहला । बौद्धिक काममा विशेष सफलता मिल्नेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको चाप र ब्यस्तता बढे पनि धन आर्जन हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आजको दिन व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहला । आम्दानी बढ्ने योग भएपनि साझेदारीमा भने समस्या आउन सक्छ, सजग रहनुहोला । समस्यामा आफन्तको साथ प्राप्त हुनेछ । सवारीसाधन र हातहतियारको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । तर, महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ र नजिकका साथीभाइ टाढिन सक्ने योग छ । टाढिएका आफन्त एवम् कुटुम्बसँगको भेटघाटले दिन रमाइलो बनाउने देखिन्छ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट विशेष लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति होला । लामो समयदेखि सोचेको काम सफलतापूर्वक सम्पन्न होला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बोलीको प्रभाव बढ्ने र विभिन्न अवसरले पछ्याउने समय छ । ठीक समयमा सही निर्णय लिन सकिने देखिन्छ । आश मारेको काम पनि बन्ने सम्भावनाका कारण उत्साह जागृत होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दैनिक कार्यमा विशेष गति मिल्नुका साथै पराक्रम तथा कार्यसम्पादनको क्षमता बढ्ने समय छ । तापनि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर सावित होला । मित्रजनको साथ र मिठो भोजनको आनन्द मिल्ने योग छ । बौद्धिकता जोडिएको कार्यमा विशेष सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आजको दिन तपाईंको अधिकारक्षेत्रका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । इष्टमित्रको साथ–सहयोग रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन चुनौतीयुक्त रहला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि केही प्रतिकूल नै रहने देखिन्छ । त्यसै–त्यसै काम बिग्रने डरले सताइरहला । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । आरोग्यता रहनेछ । बौद्धिक कर्म सुचारु रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन शुभदायी छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिने छ । तार्किक क्षमता बढ्नुका साथै बौद्धिक क्रियाकलापमा सक्रियता रहने देखिन्छ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त होला । सुख सुविधाको वस्तु बढ्नेछन् । तथापि, विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने दुःख पाइनेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्