जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले सरकारले गठन गरेको जाँचबुझ आयोगसमक्ष स्पष्टीकरण पत्र बुझाएका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा खटिएका प्रहरी अधिकारीको विवरण मागेको आयोगलाई आईजीपीले जवानदेखि आईजीपीसम्म सबै फिल्डमा खटिएको जवाफ दिएका थिए।

- Advertisement -
Ad imageAd image

त्यसपछि आयोगले प्रहरीले आयोगलाई सहयोग नगरको आरोप लगाउँदै बिहीबार खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

आईजीपीले आज शुक्रबार आयोगसमक्ष स्पष्टीकरण बुझाएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अहिले भने आयोगले मागेअनुसारका विवरण पनि प्रहरीले पठाएको छ।

जेनजी आन्दोलनको घटनाबारे आयोगले बिहीबारदेखि बयान लिन थालेको छ। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको थियो। भदौ २४ गते नक्खु कारागारबाट बाहिरिएका लामिछानेलाई आयोगले बाहिरिनुको कारणसहितबारे ६ घण्टा बढी बयान लिएको थियो। प्रहरीले प्रहरी अधिकारीसँग पनि बयान लिँदैछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्