कात्तिक १५ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०८२, शनिबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ कात्तिक १५ गते शनिबार ई.सं. २०२५ नोभेम्बर १ नेपाल सम्बत ११४६ कछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष एकादशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ध्रुव योग, वणिज करण । आज बिहान ६ बजेर १५ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर १८ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता र दौडधुप बढेपनि शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिने समय छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउने देखिन्छ । अवसरको खोजीमा अवश्यकताभन्दा बढी नै दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ, ध्यान राख्नुहोला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यतर्फ बढाउने समय छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिएला । टाढिएका आफन्तसँग पुनर्मिलन हुने योग छ । नोकरीतर्पm हुनेहरूका लागि पदोन्नति र प्रयत्न गर्दा नयाँ नोकरी प्राप्तिको सम्भावना प्रवल छ । दाम्पत्यसुख बढ्नेछ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्ने देखिन्छ । परिवारिक सुखले उत्साह बढाउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको ज्यादा समय सामाजिक दायित्व वहनमा जाने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादनका साथै बौद्धिक पक्षबाट लाभ प्राप्त होला । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग पनि छ, सजग रही व्यवहार गर्नुहोला । सवारीसाधन तथा हातहतियारको उपयोग विशेष सावधानीसाथ गर्नुपर्ने दिन छ । सन्तान एवम् अनुयायीले प्रसन्नता दिलाउनेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पराक्रमका कारण आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोर पक्षको फाइदा प्रतिष्पर्धीले उठाउन सक्छन् । नियमित कार्यमा फुकी-फुकी कदम चाल्नु हितकर हुनेछ । घर-जग्गासम्बन्धी मामलामा विवादको योग रहेकोले सावधान रहनुहोला । मातृ-स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनुहोला । नोकरीको कार्यमा हस्तक्षेप हुने सम्भावना छ । आजको दिन आर्थिक अभावले पनि सताउन सक्छ । सन्तान पक्षबाट सुख बढ्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्ने समय छ । आवेग र असंयमताका कारण हातमा आएको अवसर गुम्न सक्छ, संयम रही व्यवहार गर्नुहोला । समाजसेवा तथा परोपकारका कार्य गरिने योग छ । व्यापार–व्यवसायमा सामान्यमात्र प्रगति हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य केही कमजोर रहनाले प्रगतिको गति धिमा हुने देखिन्छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन केही चुनौतीयुक्त रहला । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवनसाथीलाई पनि केही पीडा हुने सम्भावना छ । नयाँ व्यवसाय थालनी गर्न सकिनेछ, तर दीगो लाभको दृष्टिले तत्काल योजना कार्यान्वयन नगर्नु उचित हुनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । नियमित काममा सहयोगीले साथ दिनेछन् । लामो समयदेखि थाती रहेको कार्य मित्रजनको सहयोगले पुनः अघि बढ्न सक्छ । साथीभाइको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मिश्रित फलदायी समय छ । सहयोगीको राम्रो साथ पाइनाले नियमित कर्ममा सहजता रहनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ भने घर-परिवारमा सामान्य मनमुटावको अवस्था निम्तिन सक्छ । दण्ड–जरिवानामा पर्नुबाट जोगिन विशेष सजगताको खाँचो छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । आरोग्यबल बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय भएपनि अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहला । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिने सम्भावना छ । घरेलु खर्च बढ्नेछ, आयआर्जनमा कमी आउने देखिन्छ । सुख–सुविधाको बस्तु खरिदमा खर्च बढ्न सक्छ, अनावश्यक खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ व्यवसाय प्रारम्भ गर्न सकिने तथा मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदाको योग छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । अरूको भरपर्दा काम बिग्रन सक्छ, आफ्नै सामर्थ्यले कर्म गर्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ भने रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय सुखकारी छ । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तान पक्षबाट पनि प्रशन्नता मिल्नेछ । मनोरञ्जनात्मक याको सम्भावना छ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आंशिकरूपले आयबल बढ्नेछ । आँट वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम वृद्धिका कारण रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट राम्रै फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने योग छ । यात्रा भने कष्टप्रद हुनसक्छ, अनावश्यक यात्रा नगर्नु हितकर होला । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा मन लगाउनु उचित हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धर्मकर्ममा आकर्षण बढेपनि अविवेकी निर्णयले अप्ठ्यारोमा पार्ने खालको समय छ । निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुने देखिन्छ । विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने योग छ । तथापि, सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइएला । अरूको उक्साहटमा नलाग्नु हितकर हुनेछ । समस्यामा आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्