डिजेल-मट्टीतेलको मुल्य घट्दा हवाई इन्धनको मूल्य बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले डिजेल-मट्टीतेलको मुल्य घटाएको छ । भारतबाट पेट्रोलमा ०.०३ रुपैयाँले र डिजेलमा १.१९ रुपैयाँले घटेर आएकोले निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी डिजल-मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको जानकारी दिएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १४४ भएको निगमले जनाएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर ७ डलरले बढाइएको निगमले जनाएको छ ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्