कात्तिक १० गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०८२, सोमबार
6 Min Read
Aa

आज मिति वि.सं. २०८२ कात्तिक १० गते सोमबार ई.सं. २०२५ अक्टोबर २७ नेपाल सम्बत ११४६ कछलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष पञ्चमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, अतिगण्ड योग, बालव करण । आज बिहान ६ बजेर ११ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर २६ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । साहस बढ्नेछ । रोकिएको काम बन्ने समय छ । तर, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन पैदा हुने योग छ । मित्रजनको साथ मिल्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइनेछ । नयाँ कामको सुरुवात गर्दै हुनुहुन्छ भने योजना थाती राख्नु उचित हुनेछ । नियमित कार्यमा हैरानी बढ्न सक्छ । प्रेमभाव वृद्धि र मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्ने देखिन्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नियमित कार्यमा सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने बुद्धिको सही उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । आँट–पराक्रम वृद्धिका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन मुलतः सरसफाइ, साजसज्जा एवम् वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्ला । नयाँ ज्ञान सिक्ने मौका जुर्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाटको योग छ । आरोग्यबल र आनन्द बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । महत्वपूर्ण कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सजगता अपनाइ अवसरको लाभ लिन विशेष प्रयत्न गर्नु उचित हुनेछ । कृषि तथा पशुपालनमा खासै राम्रो नभएपनि व्यापारमा राम्रै फाइदा हुने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित हरनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । सामाजिक एवम् आध्यात्मिक क्रियाकलापमा रुचि बढ्नेछ । स्वस्थानमा रही विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिएला । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोगले पराक्रम बढ्ला । आफन्तजनको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सफलतादायी समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट विशेषलाभ हुने देखिन्छ । प्राकृतिक पर्यावरणमा रमाउने अवसर जुर्ला । नियमित कर्मबाट पनि राम्रै लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन होला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला । मनोरञ्जनात्मक यात्राको सम्भावना छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन सुखदायी नै रहला । व्यवसायका लागि यात्राको सम्भावना छ । टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रेम प्रसङ्ग तथा दाम्पत्यजीवन सुखद रहला । उन्नति पदोन्नति एवम् आय वृद्धिको योग छ । शुभता बढेर रोकिएको काम बन्ने देखिन्छ । सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ । बौद्धिक कार्यमा सफलताका साथै प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल बढ्ने समय भएपनि उद्योग तथा व्यापारमा सामान्यमात्र लाभ मिल्ने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ । खर्च वृद्धि हुने योग रहेकोले खर्च नियन्त्रणका लागि विशेष प्रयत्न गर्नु हितकर होला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । छरछिमेकमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल वृद्धिका साथ आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढाउला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ भने नियमित कार्य पनि सुचारु रहला । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहने अवसर जुर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): केही व्यस्तता बढेपनि दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । सभा–समारोहमा सहभागी हुने अवसर जुर्ला । तार्किक क्षमता बढ्नेछ । आम्दानी वृद्धिका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइलेखाइमा प्रगति होला । आफन्तजनसँग भेटघाटका साथै मिठो भोजन प्राप्त हुनेछ । आत्मविश्वास वृद्धि हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउनुका साथै बोलीको प्रभाव बढ्ने समय छ । नियमित कार्यबाट पनि राम्रै लाभ मिल्ला । अग्रजहरूको विशेष सहयोग जुट्नेछ । धनलाभको योग छ । चिताएको काम बन्ने र साझेदारीको कामले उत्साह जगाउने देखिन्छ । दाम्पत्यसुख बढ्ला । स्वास्थ्य सबल रहनेछ । सुखविलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्