आज मिति वि.सं. २०८२ कात्तिक ०७ गते शुक्रबार ई.सं. २०२५ अक्टोबर २४ नेपाल सम्बत ११४६ कछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष तृतीया, चन्द्रमा बृश्विक राशिमा, अनुराधा नक्षत्र, सौभाग्य योग, तैतिल करण । आज बिहान ६ बजेर ९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर २८ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यावसायिक काममा खर्च बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्ने देखिएपनि आजको दिन सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि चाहिँ सोचविचार राख्नु उचित होला । यात्रागत कार्य सार्थक रहनेछ । साथीभाइको सहयोग मिल्नेछ । आफन्तजनको सहयोगले कार्यगति बढ्ने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सुखदायी समय छ । आज आयआर्जन राम्रै हुनेछ भने कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने देखिन्छ । स्वास्थ्य सबल रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेमभावका साथै आँट वृद्धि होला । आजको ज्यादा समय मनोरन्जनमा ब्यतीत भएर जाने देखिन्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन सहयोगीहरूको मात्र भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने समय छ । कृषि-चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउनेछ । पढाइलेखाइमा समय दिन नसकिए पनि दैनिक क्रियाकलाप सन्तोषजनक रहनेछ । परिवारिक सुख बढ्नाले उत्साह जागृत होला । ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्य कमजोर रहनाले नियमित काम सम्पादनमा असर पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । आज छरछिमेकमा विवादको सम्भावना रहेकोले संयमता अपनाइ व्यवहार गर्नु उचित हुनेछ । रुपैयापैसा हराउने तथा आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । आफन्तको सहयोगबाट समस्याको समाधान प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम बिग्रने डरले सताएपनि व्यापार ब्यवसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । अरुलाई आश्वासन दिनबाट आज बच्ने प्रयास गर्नुहोला, अन्यथा पछिसम्म सम्बन्धमा असर पर्न सक्छ । मान–सम्मानमा ठेस पुग्ने योग छ, बोली र व्यवहारमा संयमताको दरकार छ । महत्वपूर्ण कार्यका लागि यात्रा गर्दै हुनुहुन्छ भने थाती राख्नु उचित हुनेछ । रसरागको भाव वृद्धि हुने देखिन्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । परोपकारजन्य क्रियाकलापमा मन जाला । मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ । विभिन्न सहयोग र उपहार प्राप्तिको सम्भावना छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । आयबल बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । कार्यसिद्धिका लागि महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । यशवर्चश्व बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । मुख्य काममा बाधा हुने देखिन्छ, विशेष योजना थाती राख्नु उचित होला । भौतिक साधनमा खराबी आइ कार्यतालिका गडबड हुनसक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहने देखिन्छ । पढाइलेखाइमा खासै मन नजाला । कर्मबल बढेपनि लगानीअनुसारको प्रतिफल नपाइन सक्छ । खर्च गर्नुअघि योजना र बजेट बनाउनु हितकर हुनेछ । शत्रुपक्ष कमजोर रहनेछन् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । अध्ययन–अध्यापनमा प्रगति होला । तर, महत्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्ने सम्भवना रहेकोले सजगता अपनाइ कार्य गर्नुहोला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । मनोरञ्जन तथा रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने आमाको माध्यमबाट आर्थिक कार्य सुल्झाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । आजको दिन अरूका विषयमा चासो लिँदा विवादमा परिने योग रहेकोले सजग रही व्यवहार गर्नुहोला । असावधानीले अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । जोखिम बढेपनि यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन खासै उत्साहजनक नरहला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने योग छ । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । चुनौतीका बाबजुद साझेदारीको काम बन्नेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आजको दिन स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । खानपानमा सावधानी अपनाउनु उचित हुनेछ । लेनदेनमा विवादको योग भएकोले आर्थिक कारोबार सकभर नगरेकै राम्रो होल । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्