पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी भएको हो।

- Advertisement -
Ad image

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो। इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर भएको हो।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्