आज मिति वि.सं. २०८२ असोज २० गते सोमबार ई.सं. २०२५ अक्टोबर ६ नेपाल सम्बत ११४५ कौलाथ्व चतुर्दशी/पुर्णिमा, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्दशी/पुर्णिमा, चन्द्रमा मीन राशिमा, पूर्वभाद्रपदा नक्षत्र, वृद्धि योग, वणिज करण । आज बिहान ५ बजेर ५९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ४६ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ला । अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । खर्च केही बढ्ने देखिन्छ । योजना र बजेट बनाएर मात्र व्यवहार गर्नुहोला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने दिन छ । शत्रु र रोगबाट छुटकारा मिल्ने देखिन्छ । रोकिएका काम मातृसहयोगको माध्यमबाट बनाउन सकिनेछ । जथाभावी आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउन सक्छ, विशेष सावधानीको खाँचो छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन उत्साहपूर्ण रहनेछ । स्रोत–साधन जुट्नाले दिगो फाइदा हुनेछ भने सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । साझेदारीको काम बन्नेछ । शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल वृद्धिका साथै साथीभाइको सहयोग प्राप्त हुने समय छ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा भने विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्राको सम्भावना छ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्नेतर्फ आज विशेष जिगताको दरकार छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुन सक्छ, तर इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने देखिन्छ । नियमित कार्यमा भने ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिएला । सन्तान पक्षबाट सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन अलिक बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुने देखिन्छ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । यात्रामा सफलता मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ योजना कार्यान्वयनमा ल्याउन विशेष मेहनत गर्नुपरे पनि राम्रै धन आर्जन गर्ने समय छ । साथीभाइको साथले पराक्रम बढ्नेछ । आरोग्यबल वृद्धि होला । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । मिठो भोजन प्राप्त हुनेछ । यश–वर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता तथा दौडधुप बढ्ने तर उपलब्धि सामान्य रहने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुन सक्छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नाले परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । कृषि कर्मबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा पनि समस्या आउने योग छ । जोखिम बढ्नेछ । यसका बाबजुद बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काममा आंशिक सफलता मिल्नेछ । आफन्तजनको साथले उसाह बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आरोग्यबल बढ्नेछ भने आयआर्जनका स्रोत अभिवृद्धि होला । व्यापारमा पनि राम्रै फाइदा हुनेछ र विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता मिल्नेछ । तथापि, आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनुहोला । कृषि तथा पशुपालनमा विशेष फाइदा हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ, तर रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभचिन्तकहरूले साथ दिनाले विभिन्न अवसर पाइने र आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने देखिन्छ । बौद्धिक कार्यबाट राम्रै धनलाभ होला । आजको दिन अरूको फाइदाका लागि उपयोग भइने सम्भावना पनि छ । काम बिग्रने डरले सताउन सक्छ, आत्मविश्वास कायम राखी व्यवहार गर्नुहोला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । प्रतिष्ठित कामले कीर्तिमानी दिलाउने सम्भावना छ । तर, सहयोगीहरूको मात्र भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्