आज मिति वि.सं. २०८२ असोज १९ गते आईतबार ई.सं. २०२५ अक्टोबर ५ नेपाल सम्बत ११४५ कौलाथ्व त्रयोदशी-१३, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल त्रयोदशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, गण्ड योग, तैतिल करण । आज बिहान ५ बजेर ५९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ४८ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ, तर अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । अरूले फसाउन सक्छन्, हुलमुलमा धनमाल हराउन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग छ, साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु हितकर होला । मनोरञ्जनका क्रियाकलापमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, तर समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । चिताएको काममा बाधा हुँदा खिन्नता बढ्न सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनमा विवाद हुन सक्छ, आज आर्थिक कारोबार नगर्नु उचित हुनेछ । जोखिमका साथै दौडधुप वृद्धि होला, तथापि परिवारजनको साथले उत्साह जगाउने छ । स्वास्थ्य सबल रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शुभदायी समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । आज नसोचेको ठाउँबाट धनको लाभ हुनुका साथै ब्यापार ब्यबसायमा पनि राम्रै लाभ हुने देखिन्छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । कर्मको उचित प्रतिफल पाइएला । विभिन्न उपहार प्राप्तिको सम्भावना छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । बौद्धिकता र रचनात्मकता वृद्धिले शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । कामको चापबाट फुर्सद पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने दाम्पत्य सम्बन्ध सुमधुर रहने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग छ, ध्यान राख्नुहोला । अरूको मात्र भरपर्दा काम बिग्रन सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहन सक्छ । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यमा असर पर्न सक्छ, मसलाजन्य खानाबाट सावधान रहनुहोला । भौतिक साधनको क्षतिले खर्च बढाउने देखिन्छ, सावधानीको दरकार छ । आजको दिन धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । पारिवारिक सुखशांति रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सानातिना काम र घरेलु समस्यामा व्यस्तता वृद्धि हुनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सदविचारले अभिप्रेरित हुनेहरूलाई फलिफापको योग छ । विशेष योजना कार्यान्वयनमा केही चुनैतीको सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । समस्याम आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनसक्ने र साझेदारीमा विशेष फाइदा हुने समय छ । साहसिक काममा आकर्षण बढेपनि मौकाको फाइदा उठाउन खासै नसकिएला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । नयाँ काममा हात हाल्न सकिनेछ । साथीभाइको साथले पराक्रम बढ्नेछ । सोखले खर्च बढाउन सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । व्यावसायिक काममा खर्च केही बढ्ने देखिन्छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिएला, सजगताको खाँचो छ । सामथ्र्य वृद्धि र साथीभाइको सहयोग प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ, सावधानीको दरकार छ । उपचारमा खर्च हुने योग छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । खेलकुद, भ्रमण र रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक कार्य बन्नेछ । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, अन्य कामको हकमा मेहनतअनुसार फाइदा कमै होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा पर्ने र खर्च बढ्ने देखिन्छ, होसियार रहनुहोला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । खर्च केही वृद्धि हुन सक्छ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनुका साथै विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने योग छ । व्यापारमा राम्रै फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल परेपनि आँटेका काम तत्काल सम्पादन हुने समय छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुने देखिन्छ । अतिथिका रूपमा कतै सम्मान पाइएला । भाग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्