आजको मिति वि.सं. २०८२ असोज १८ गते शनिबार ई.सं. २०२५ अक्टोबर ४ नेपाल सम्बत ११४५ कौलाथ्व द्वादशी-१२, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल द्वादशी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठ नक्षत्र, शूल योग, बव करण । आज बिहान ५ बजेर ५८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ४९ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): वौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने तथा बोलीको भरमा काम सम्पादन हुनसक्ने समय छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुने योग छ । तथापि, बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । सामाजिक क्रियाकलापमा आकर्षषण रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभदायी समय छ । सहयोगीहरूले साथ दिनेछन् भने व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । तपाईंबाट भए/गरेका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । व्यापारमा आँटेका योजना तत्काल सम्पादन हुनेछन् र राम्रै फाइदा हुने योग छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर जुर्ला । पारिवारिक समस्याको समाधान मिल्नेछ । सुख वृद्धि हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विगतका कमजोरी सुधार्दै फाइदा उठाउन सकिने समय छ, तर इमानदार प्रयास अपरिहार्य छ । आजको दिन अनावश्यक भ्रमण हुन सक्छ, सकभर यात्रागत कार्य टार्नु उचित हुनेछ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । नियमित कार्यमा सहयोगीहरूले उत्साह जगाउनेछन् । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । सभा–समारोहमा मान मिल्नेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने योग छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): थोरै प्राप्तिका लागि पनि धेरै मिहिनेत गर्नुपर्ने समय छ । ठूलो प्रयत्नका बाबजुद उपलब्धि हात पार्न मुस्किल पर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । पारिवारिक एवम् व्यावसायिक काममा खर्च बढ्नेछ । प्रतिस्पर्धीलाई भने पछि पार्न सकिनेछ । सन्तानपक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । तर, लेनदेनमा विवाद हुनसक्ने र विगतका समस्या बल्झिने सम्भावना छ, सजग रहनुहोला । सानातिना काम वा घरेलु समस्यामा अल्झनुपर्ने योग छ । रोकिएका काम कठोर प्रयत्नले बन्नेछ । परिवारजनको साथले उत्साह जागाउनेछ । आरोग्यबल बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लाभका काम प्रारम्भ गर्न सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नेछ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यगत दृष्टिले आफू कमजोर भएको अनुभूति हुनसक्छ । खानपान र आराममा ख्याल राख्नु हितकर होला । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सुखदुःखमा साथ दिनेहरू भेटिने छन् । मेहनत गर्दा राम्रैसँग धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने देखिन्छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । आरोग्यता रहनेछ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला । बोलीको प्रभाव वृद्धि हुनेछ । सन्तानपक्षबाट विशेष सुखको अनुभूति होला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिगो योजना प्रारम्भ हुन सक्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । साझेदारीका काममा फाइदा होला । तथापि, अरूका काममा ज्यादा समय बित्न सक्छ । ब्यक्तिगत उपलब्धि प्राप्त गर्न विशेष मिहिनेत गर्नुपर्नेछ । आरोग्यता रहनेछ । सुख-सुविधाको वस्तुमा खर्च होला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर होला । दीर्घकालीन रूपमा फाइदा हुने योजनाबारे सोचिरहनुभएको थियो भने अघि बढ्न सकिनेछ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनुका साथै सहयोगीहरू प्रशस्तै भेटिन सक्छन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै उपलब्धि होला । इर्ष्यालुजनबाट सजग रहनुहोला । सुख–सुविधाको बस्तुमा खर्च वृद्धि हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्ने देखिन्छ । सामाजिक कायृ तथा परोपकारमा मन जानेछ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, ध्यान दिनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्ने समय छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । तथापि, कर्मबल बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलासको भाव पैदा हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्