असोज १६ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०८२, बिहीबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ असोज १६ गते बिहीबार ई.सं. २०२५ अक्टोबर २ नेपाल सम्बत ११४५ कौलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल दशमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, सुकर्मा योग, तैतिल करण । आज बिहान ५ बजेर ५७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५१ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । प्रेमभावका साथ दाम्पत्यसुख पनि बढ्नेछ । भेटघाटले पूर्वार्द्ध रमाइलो हुनेछ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । धन कमाउने अवसर पनि मिल्ने योग छ । रोकिएका काम दोहोऱ्याएर प्रयत्न गरे सफल भइने छ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । मित्रजनको साथ–सहयोग मिल्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पछिका लागि फाइदा हुने अर्थात दिगो आम्दानीको काम प्रारम्भ गर्न सकिने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । प्रेमभाव बढ्नेछ भने साहस वृद्धि हुनेछ । मित्रजनको साथ मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । महत्वपूर्ण कार्यमा नियमकानूनले साथ दिनेछ, दायित्व निर्वाह हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आर्थिक दृष्टिले चाहिँ आजको दिन केही समस्या निम्तिन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने योग छ । कुनैपनि कार्यमा बलजफ्ती गर्दा काम बिग्रन सक्छ, सजग रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अप्ठ्यारा कामको बोझ थपिन सक्ने र अरूको विश्वास गर्दा धोका मिल्ने सम्भावना छ, नियमित कार्यमा सतर्कता अपनाउनुहोला । सहयोगको आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । व्यापार-व्यवसायमा खासै उपलब्धि हासिल गर्न नसकिएला । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उचित होला । नियमित कार्यमा व्यस्तता बढ्नेछ । प्रतिकुलताका बाबजुद पराक्रम झल्किने कार्यमा आकर्षण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् भने रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि होला । व्यवहारले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा रोकिएको कर्मको प्रतिफल प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ भने रसरागको कार्यक्रममा आकर्षण रहला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले धेरै काम बनाउन सकिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । बोलीको प्रभाव बढ्नाले कुनैपनि काममा विशेष फाइदा उठाउन सकिनेछ । शत्रुपक्ष वा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्त एवम् मित्रजनको साथ-सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्ने दिन छ । अध्ययन-अध्यापनमा पछि परिएला । अर्थसम्बन्धी विशेष योजना कार्यान्वयनको तयारीमा हुनुहुन्छ भने तत्कालका लागि थाती राख्नु उचित हुनेछ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । नातेदारहरुसंग विवाद वा झैझगडाको सम्भावना भएकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सवारीसाधनको प्रयोगमा पनि सतर्कताको दरकार छ । आरोग्यबल वृद्धि हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विचारले धेरैलाई प्रभावित पार्न सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्त एवम् मित्रजनको साथ–सहयोगले उत्साह बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । मन उत्साहित रहनेछ । तथापि, आफन्तजनको कारणबाट केही समस्या उत्पन्न हुनसक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदको अवसर जुर्ने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । प्रशंसकहरू बढ्नेछन् भने काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । नाम, दाम र इनाम हातपार्ने योग छ । कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने र नसोचेको ठाउँबाट धनमाल आर्जन हुने समय छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । केही नोक्सानी भएपनि पछिसम्म फाइदा हुने काममा लगानीको अवसर प्राप्त होला । स्वास्थ्यमा भने विशेष ध्यान पुऱ्याउनुपर्ने देखिन्छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने समय छ । तथापि, आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, ख्याल राख्नुहोला । दौडधुप बढेपनि त्यसबाट लाभ नै मिल्नेछ । आफन्तको साथ मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख-विलास बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्