आज मिति वि.सं. २०८२ असोज १५ गते बुधबार ई.सं. २०२५ अक्टोबर १ नेपाल सम्बत ११४५ कौलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल नवमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, अतिगंड योग, बालव करण । आज बिहान ५ बजेर ५७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५२ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनत खेर जानेछैन । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहला । साझेदारीको काम बन्नेछ । खेलकूद तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । अनुकूलता वृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । कसैबाट प्राप्त अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले तपाईंको स्वतन्त्रतामा बाधा गर्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । नियमित कार्यमा सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । यात्रापरक काम बन्नेछ । आफन्तसुख बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उत्साहजनक समाचारले हर्ष बढेपनि लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पुरा हुन मुस्किल पर्ने देखिन्छ । कृषि तथा पशुपालनको व्यवसाय गर्नेका लागि खर्च बढ्ने योग छ । प्रतिकुलताका बाबजुद आँट-पराक्रम बढ्नेछ । प्रेमभाव वृद्धि होला । बौद्धिकता/रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा जाँगर वृद्धि हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारीसाधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिएला । हरेक समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन धार्मिक अनुष्ठान तथा मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा पनि लाभ होला । नियमित कार्यमा जाँगर बढ्नेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । पराक्रम वृद्धि र धनलाभको योग छ । रसरागको भाव वृद्धि हुनेछ । कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रा गर्नुहुनेछ । शुभता बढ्ला । ईष्टमितको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ कामको सुरुवात खासै राम्रो छैन । निश्चय भएको काम अचानक बिग्रन सक्छ । विश्वास गरिएका साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला । विशेष योजना कार्यान्वयनमा गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन आउने सम्भावना छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विभिन्न अवसर जुर्नुका साथै कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । दैनन्दिन कार्यमा भने केही हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । रचनात्मक कार्यहरू सार्थक परिणामदायी रहलान् । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च बढ्न सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामाजिक काममा रुचि बढ्ने र तपाईंबाट भए-गरिएका कामबाट धेरैलाई फाइदा पुग्ने समय छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण नै रहला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । खर्च भने केही वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् । सरसफाइ, वागबगैंचासम्बन्धी कार्यमा विशेष आकर्षित होइएला । आय वृद्धिका साथै उन्नति-पदोन्नतिको योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आत्मीयजनसँगको भेटघाटले खुशी प्रदान गर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन काममा अवरोध गर्न खोज्ने तथा पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना रहेकोले सचेतना को दरकार छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला, गरीआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आफन्त एवम् मित्रजनको साथ-सहयोगले शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । स्वास्थ्य सबल रहला । सुख विलास बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामर्थ्य वृद्धिका कारण भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ उठाउन सकिने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । लगनशीलताले विशेष उपलब्धि दिलाउला । घरमै बसेर पनि विभिन्न काम सम्पादन गर्न सकिनेछ । मिठो भोजन प्राप्त होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): खर्च र जोखिम केही बढेपनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट विशेष लाभ हुनेछ । प्राकृतिक पर्यावरणमा रमाइएला । नियमित कार्यमा अभिभावकजनको सहयोग प्राप्त होला । रसरागमा आकर्षण रहनेछ, दाम्पत्यसुख बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्