आज मिति वि.सं. २०८२ असोज १० गते शुक्रबार ई.सं. २०२५ सेप्टेम्बर २६ नेपाल सम्बत ११४५ कौलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, विश्कुम्भ योग, विष्टि करण । आज बिहान ५ बजेर ५४ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५८ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि आजको दिन कीर्तिमानी काम सम्पादन हुनसक्ने योग छ । विभिन्न अवसर पाइनेछ, तर कार्यमा हैरानीको मात्र बढ्न सक्छ, विवेक प्रयोग गरी अघि बढ्नुहोला । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । आमोदप्रमोदको माहोल रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सानातिना समस्या आइरहे पनि सामाजिक कार्यमा रुचि बढ्ने समय छ । तपाईंबाट गरिएका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको सही उपयोगले लक्ष्य प्राप्त गर्न सकिएला । शुभ समाचार प्राप्त हुने र समाचारले उत्साह बढाउन सक्छ । आनन्द वृद्धि हुनेछ । जस्तोसुकै पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह वृद्धि होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दन मनोरञ्जनपूर्ण रहनेछ । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षण बढ्नेसमय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । विशेष योजनाहरू बन्नेछन् भने नयाँ ज्ञान सिक्ने मौका जुर्ला । पढाइलेखाइमा प्रगति हुनेछ । आत्मीयजनसँगको भेटघाटले मनमा प्रशन्नता बढाउनेछ । पराक्रम वृद्धिका साथै ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नियमित कार्यमा समस्या नरहेपनि नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । काममा बाधा दिन खोज्ने तथा पीडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदम सजक रही व्यवहार गर्नु हितकर हुनेछ । कामका कतिपय अवसर फुत्कने सम्भावना देखिन्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । यात्रागत कार्य सार्थक रहनुका साथै मनोरञ्जनात्मक माहोलले पछ्याउने देखिन्छ । खेलकुद, भ्रमण् एवम् रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ भने बोली र व्यक्तित्वको प्रभाव रहला । आध्यात्मिक भाव जागृत हुनुका साथै सामाजिक कार्यप्रति रुचि बढ्ने देखिन्छ । परोपकारी कार्यले प्रतिष्ठा बढाउला । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुनुका साथै मित्रजनसँगको साथमा मिष्ठान्न भोजनको अवसर जुर्नेछ । बौद्धिक एवम् रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप नगरी घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिने समय छ । काममा परिवारजनको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । व्यापारमा फाइदाको योग छ । भौतिक साधन जुट्नेछन् । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । आयबल वृद्धि हुनुका साथै आर्थिक समस्या समाधान होला । कार्यगति बढ्नेछ । कामको लागि यात्रा गर्दै हुनुहुन्छ भने यात्रा सार्थक रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धिका साथै अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनतले सफलताको मार्ग चुम्ला । व्यवसायका लागि यात्राको सम्भावना छ । स्वास्थ्य सबल रहनेछ भने दाम्पत्यजीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । साहसिक कार्यमा आकर्षण रहनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मिश्रित फलदायी दिन छ । रोकिएका कामहरू कठोर मिहिनेतले अघि बढे पनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । कसैबाट प्राप्त अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुऱ्याउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ, तर खर्च वृद्धिको योग छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । चुनौतीका बाबजुद शत्रुपक्षलाई परास्त गर्न सकिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप वा व्यस्तता बढ्ने समय छ । लगानी, परिश्रम र प्रयत्नको उचित मूल्य नमिल्न सक्छ । तथापि, शुभ समाचारले हर्ष र उत्साह बढाउन सक्छ । महत्वपूर्ण योजनामा हात हाल्दै हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ । चिताएको काम पुरा नहुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ, तर सबल स्वास्थ्यका लागि खानपानमा विशेष ख्याल राख्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । बुद्धि–विवेकले सही काम गर्नुका साथै तार्किक क्षमता बढ्नेछ । प्रेमभाव बढ्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुनसक्छ । नियमित कार्यमा जाँगर बढ्ने देखिन्छ । व्यवसायमा लाभ नै हुनेछ । गुरुजनको विशेष साथ–सहयोग रहनेछ । साहसर सामर्थ्य वृद्धि हुनेछ भने यात्रागत कार्य सार्थक रहनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा बल पुग्ला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । गोपनीयतामा ध्यान दिँदै विशेष सतर्क रही नियमित कार्यमा जुट्नु उचित होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन बढ्ने सम्भावना छ, संयमपूर्ण व्यवहार गर्नु हितकर हुनेछ । निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ । आरोग्यबल बढ्नेछ । साझेदारीको काम बन्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्