असोज ०६ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ असोज ०६ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर २२ नेपाल सम्बत ११४५ कौलाथ्व पारु- १, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण प्रतिपदा, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, शुल्क योग, किन्स्तुघ्ना करण । आज बिहान ५ बजेर ५२ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ०३ मिनेटमा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । परिश्रमअनुसार राम्रै उपलब्धि हुनाले मन शान्त रहनेछ । धनलाभको योग छ । पराक्रम वृद्धिका साथै यात्रागत कार्य फलदायी रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदको माहोल रहला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आत्मविश्वास एवम् पराक्रम वृद्धि भएपनि आजको दिन शत्रुपक्ष हाबी हुनसक्ने, विवाद बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । खर्च बढ्न सक्छ, फजुल खर्च नियँत्रणका लागि सावधानी अपनाउनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । परिवारको चिन्ताले सताउनसक्छ । प्रतिकुलताकाबै बीच अनुकुलताको आभास हुने खालको समचार प्राप्तिको योग छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नियमित कार्यमा जाँगर बढ्ने र कुने विशेया योजना पनि सहजताका साथ अघि बढ्ने शुभदायी समय छ । प्रतिभा प्रदर्शन गरेर अरुको मन जित्न सकिने छ । प्रयत्न गर्दागर्दै रोकिएका काम ढिलै भए पनि सफल हुने देखिन्छ । धनलाभको योग छ । पढाइलेखाइमा पनि प्रगति होला । मित्रजनहरूसँगको जमघटमा मिष्ठान्न भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुपक्ष परास्त हुनेछन् । कामको लागि गरिएको यात्रा सार्थ सिद्ध हुनेछ । समग्रमा दिन खुशी साथ बित्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आयआर्जनको दृष्टिले फलदायी दिन छ । केही नयाँ काम गर्नको लागि परिवार एवम् मित्रजनको उचित सल्लाह र सहयोग प्राप्त होला । नसोचेको ठाउँबाट धनलाभ हुनसक्ने योग छ । नयाँ साथीसंगीसँग चिनजान हुनुका साथै रमाइलो यात्राको सम्भावना देखिन्छ । नियमित कार्यमा जाँगर बढ्नुका साथै आयबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण रहनेछ । स्वास्थ्य सबल रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गरिआएको कार्यमा थप प्रगति हुने र चाहेको खण्डमा नयाँ काम प्राप्तिको सम्भावना प्रवल रहेको समय छ । ब्यापार–व्यवसायबाट राम्रै आर्जन होला । हाँसखेल, मनोरञ्जन एवम् भ्रमणका अवसर आइपर्नेछन् भने पुराना साथीसंगीसँग भेटघाटको योग छ । यात्रा सुखद हुने देखिन्छ । कृषिको कामबाट विशेष लाभ होला । कर्मबल र सुख बढ्नेछ । रसरागका क्रियाकलापमा विशेष ध्यान जानेछ । पारिवारिक सुखशान्ति बढ्नेछ भने सन्तान पक्षबाट सुख-सन्तोष मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अरूको भर परेर काम गर्न खोज्दा धोका हुनसक्ने समय छ । नियमित कार्यमा विशेष केन्द्रित रही सक्रियता दर्शाउनु हितकर होला । स्वास्थ्य केही कमजोर रहनसक्छ । खानपानमा विशेष ध्यान दिनुहोला । कुनै कामको सिलसिलामा यात्रा गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ । ब्यर्थको खर्चले मन पिरोल्न सक्छ । समस्यामा आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मन दुविधाग्रस्त रहनाले विशेष योजना जहाँको तहीँ रहने देखिन्छ । फजुलको दौडधुपबाट बच्ने कोशिस गर्नुहोला । आमाबाट प्राप्त धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । दाम्पत्यसुख मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सोचेअनुसारको आयआर्जन हुनसक्ने दिन छ । खर्च बढेपनि खर्चको तुलनामा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । विपरीतलिंगीको साथ-सहयोग महत्वपूर्ण रहनेछ । सामथ्र्य वृद्धिका कारण रोकिएको काम सम्पन्न हुनेछ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काममा जोश र जाँगर बढ्ने देखिन्छ, जसले गर्दा दिन सुखानुभूतिका साथ बित्ने देखिन्छ । कुनै नयाँ काम थालनीको प्रयासमा हुनुहुन्छ भने आज उचित समय छ । नियमित कार्यपनि सहजै सम्पन्न हुनेछन् । रसरागको भाव जार्गत होला । विपरीतलिंगी मित्र सहयोगी सवित हुनेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पेशागत रुपमा समस्या देखिनुका साथै घरपरिवारमा केही मनमुटाव हुनसक्ने समय छ । विशेष योजनाहरू थाती राखेर सामान्य काममा केन्द्रित हुनु उचित हुनेछ । मनमा अनावस्यक डरको भाव पैदा हुन नदिन ध्यान–मननको भाव जगाउने प्रयत्न गर्नुहोला । वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारलाई नियन्त्रण गर्नु हितकर हुनेछ । यात्रापरक काम भने सार्थक रहनेछ । सामाजिक क्रियाकलापमा आकर्षण बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन मन दुविधाग्रस्त हुनसक्छ, तर मित्रजनले सही मार्गदर्शन गराउन सक्छन् । सामाजिक काममा नाम रहनेछ, ब्यापार तथा जागिरका लागि समय अनुकुल नै देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन, नियमित कार्यमा पनि हैरानी बढ्न सक्छ, संयमता अपनाइ कार्य गर्नु हितकर होला । बौद्धिक एवम् रचनात्मक कार्यमा भने आंशिक सफलताको योग छ । स्वास्थ्य सामान्य रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मित्रजन एवम् आफन्तको सहयोगले महत्वपूर्ण काम बन्ने समय छ । पराक्रम वृद्धि होला । चल–अचल सम्पत्तिको कारोबार हुन सक्छ । आर्थिक पक्ष राम्रो छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । प्रेम सम्बन्धमा पनि सुधार हाउनेछ । यात्रागत कार्य फलदायी रहला । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्