असोज ०५ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०८२, आईतवार
7 Min Read
Aa

आज मिति वि सं २०८२ असोज ०५ गते आईतबार ई.सं. २०२५ सेप्टेम्बर २१ नेपाल सम्बत ११४५ ञलागा आमै-३०, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण औंसी, चन्द्रमा सिहं राशिमा, पूर्वफाल्गुनी नक्षत्र, शुभ योग, चतुश्पाद करण । आज बिहान ०५ बजेर ५२ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ०४ मिनेटमा अस्तानेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आर्थिक दृष्टिले शुभदायी समय छ । आत्मियजनबाट विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै आकस्मिक निम्तोमा सहभागी हुने योग छ । अनुकूलता वृद्धि हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले प्रायः सबै कामहरू बन्नेछन् । आमोदप्रमोदका अवसर जुर्नेछन् । सबल स्वस्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । नियमित कार्यमा पनि अलमल वा ढिलासुस्ती हुन सक्छ । खानपानको गडबडीले स्वास्थ्य कमजोर रहनसक्ने सम्भावना छ, विशेष ध्यान रदिनुहोला । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नुहोला, जबर्जस्ती गर्दा असफल भइ दुःखमात्र हातलाग्न सक्छ । खर्च केही बढ्नेछ । बौद्धिकतासँग सम्बन्धित कार्यमा आंशिक सफलताको सम्भावना छ । परिवारजनले साथ दिनेछन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नियमित कार्यमा जाँगर बढ्ने, पराक्रम वृद्धिका साथै बुद्धि-विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्ने समय छ । व्यापारिक/व्यवसायिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिनेछ । महत्वपूर्ण कार्यमा कसैबाट साथ-समर्थन एवम् धनप्राप्तिको योग छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धन आर्जनका माध्यमहरू फेलापर्ने र सोचेअनुसार काममा सफलता मिल्ने समय छ । पुराना मित्रजनसँग भेटघाट हुने योग छ, भेटले मन रमाउला । आज अनौठो तरिकाबाट धनलाभ हुनसक्ने देखिन्छ । परिवारका सदस्यहरूबाट सुख प्राप्त हुनेछ । आयआर्जन वृद्धि एवम् मिठो भोजन प्राप्त होला । विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुनेछ । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मबल वृद्धि हुनुका साथै नियमित कार्यमा जाँगर बढ्ने समय छ । अनौठो तरिकाबाट धनलाभ हुने योग छ । यात्रागत कार्य मनोरञ्जनात्मक हुनुका साथै फलदायी रहला । परिवारमा खुशीको माहोल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । विपरीतलिंगीको सहयोगले महत्वपूर्ण कार्य बन्ने देखिन्छ । स्वास्थ्य सबल रहनेछ । अध्ययन–अध्यापनमा प्रगति होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): चुनौती केही बढ्ने र दैनन्दिन कर्ममा पनि बाधा आइपर्न सक्ने समय छ । भौतिक सरसामनको क्षति हुने सम्भावना छ, सजग रहनुहोला । सबल स्वास्थ्यका लागि आहारविहारमा सजग रहनु हितकर होला । खर्च केही वृद्धि हुनसक्छ । फजुल खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला । भौतिक साधनको क्षति हुने योग छ, अत्यन्त सावधान रही खतरा टार्न सकिनेछ । चुनौतीका बाबजुद पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथले उत्साह बढाउला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढेपनि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । आश मारेको काम पनि अथक प्रयासमा बनेर मन प्रशन्न रहला । आफन्तजनको साथ-सहयोग प्राप्त होला । हितैषी मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । दौडधुप बढेपनि परिणाम सकारात्मक र सन्तोषदायी नै रहनेछ । स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त होला । साहसिक कार्यमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ने देखिन्छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभदायी, सुखदायी समय छ । आम्दानीका बाटाहरू खुल्नेछन् भने ब्यापार-ब्यवसायमा राम्रै उपलब्धि हातपर्ने देखिन्छ । आवश्यक तथा उपलब्धीमूलक रमाइलो यात्राको योग छ । सकारात्मक तथा व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट विशेष लाभ मिल्ला । स्वास्थ्य पनि सबल रहनेछ । पढाइलेखाइमा प्रगति होला । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम मिहेनतले पूरा हुनेछ । मिष्ठान्न भोजन प्राप्तिका साथै सुख बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नियमित कार्यमा जाँगर वृद्धिका साथै आर्थिक उपार्जनको समय छ । नयाँ कामको योजना बनाएर अघि बढ्नु दीर्घकालिक हितको विषय बन्न सक्छ । आजको दिन सन्तानपक्षबाट सुखको अनुभुति होला । ब्यापार–ब्यवसायबाट राम्रै लाभ मिल्ने देखिन्छ । मित्र एवम् आफन्तजनको सहयोगले विशेष सफलता मिल्ने योग छ । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । ब्यस्तता बढ्नेछ तर कामका परिणाम सुखदायी नरहन सक्छन् । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । चोटपटकको भय रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । आजको दिन हातहतियार आदिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । छरछिमेकसंग सामान्य विवाद हुनसक्छ । चुनौतीका बाबजुद गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि होला । समाजसेवा र राजनीतिमा वर्चश्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । नियमित कार्यमा भने खासै जाँगर नचल्ने देखिन्छ । निकटजनको कमजोरीका कारण काममा झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नियमित कार्यमा अनुकुलता र जाँगर वृद्धि हुने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउला । दाम्पत्यजीवन सुखमय रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा आकर्षण रहला । कृषिसम्बन्धी कार्यबाट विशेष फाइदा लिन सकिनेछ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्