भदौ ३१ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०८२, मंगलवार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ भदौ ३१ गते मंगलबार ई.सं. २०२५ सेप्टेम्बर १६ नेपाल सम्बत ११४५ ञलागा दशमी- २५, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण दशमी, चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र, वरियान योग, वणिज करण । आज बिहान ५ बजेर ५० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १० मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका कामहरु बन्ने दिन छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् भने विचारले धेरैलाई आकर्षण गर्ने समय छ । ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिएला । शुभता बढ्ने र नयाँ जिम्मेवारी मिल्ने योग छ । काममा सहयोगीेहरुले राम्रो साथ दिनेछन्, विशेषगरी कृषिसम्बन्धी व्यवसायबाट राम्रो लाभ लिन सकिने देखिन्छ । समग्रमा अनुकूलता वृद्धिको अनुभूति होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): उत्साहवर्द्धक समय छ । रोकिएको काम बन्ने र आम्दानी बढ्ने देखिन्छ । प्रशंसा गर्नेहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि राम्रै फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यात्रापरक काम बन्नेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ । परिवारिक सुख बढ्नाले उत्साहको भाव पैदा होला । साथै धनलाभ पनि हुनेछ । नियमित कार्यमा जाँगर चल्नेछ । आमोद प्रमोदमा रम्नुका साथै दिन रमाइलोका साथ बित्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धन प्राप्त हुने देखिन्छ । आवश्यक पर्दा आफन्तजनको सहयोग प्राप्त हुनेछ । आजको दिन अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नु उचित होला । कामको सिलसिलामा यात्राको सम्भावना छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पराक्रम वृद्धि भइ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नियमित कर्ममा जाँगर नचल्ने एवम् वास्थ्यगत कमजोरीले सताउन सक्ने समय छ । घरायसी समस्याबाट उत्पन्न असन्तुष्टि तथा पीडाले मनमा डेरा जमाउन सक्छ । भौतिक साधनको क्षतिले खर्च बढ्नसक्ने योग छ, सजगता अपनाउनु उचित होला । नयाँ कार्यको कार्यान्वयनमा जोखिम देखिन्छ, सकभर नयाँ कामका योजना थाती राख्नु हितकर हुनेछ । समस्यामा साथीसंगीको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन केही चुनौतीयुक्त नै देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । नियमित कर्ममा पनि कठिनाइ सहनुपर्ने देखिन्छ । आजको दिन यातायातका साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । आरोग्यबलका साथै दाम्पत्यसुख बढ्नेछ । रसरागको क्रियाकलापमा सरिक भइएला । कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पारिवारिक कार्यमा केही समस्या देखिएपनि आजको दिन आयआर्जनको दृष्टिले सन्तोषजनक रहला । रुचिका विषयमा लगानी बढाउने समय । नसोचेको ठाउँबाट आम्दानी हुने योग छ । सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । अनौठो तरिकाबाट सफलता मिल्ने देखिन्छ । प्रेमभाव र सुख बढ्नेछ । यात्रागत कार्य सार्थक रहला । आफन्तसुख मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा तथा आर्थिक लाभ हुने दिन छ । काममा जोश-जाँगर बढ्नाले मन प्रफुल्ल रहला । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित रहला । पुराना साथीभाइसँग भेट हुनाले आनन्द एवम् प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामाजिक कार्यमा यशवर्चश्व बढ्नेछ । साहसिक कार्यमा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मिश्रित फलदायी समय छ । पराक्रमका साथै व्यस्तता बढ्नेछ, तर वादविवादमा पर्न सकिने सम्भावना प्रवल रहेकोले संयम र सावधानी अपनाइ व्यवहार गर्नु हितकर हुनेछ । अनायसै रुपैयापैसाको पनि क्षति हुने तथा ब्यर्थको खर्च बढ्नसक्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । परिवारजनमा असमझदारी बढ्न सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, विचार गर्नु होला । सन्तान पक्षबाट सुख मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । सामाजिक कार्यमा मानसम्मान पाइएला । नियमित काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने योग छ, सजग रहनुहोला । तथापि, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मिठो भोजन प्राप्तिले सुख बढाउला । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): शुभदायी समय छ । सोचेको काम बन्नाले मन हर्षित रहला । घरमा मान्यजनको आगमन हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट तथा रमाइलो गरिएला । मान-सम्मान वृद्धिले सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्य पनि सफल हुनेछ । शत्रुपक्ष परास्त बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामान्यतया दिन ठिकै छ । नोकरी, समाजसेवा तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । पारिवारिक सुख-समृद्धि रहला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कुनै नयाँ कामको स्रोत फेलापर्ने योग छ । सामथ्र्य वृद्धि हुनाले जस्तोसुकै काममा सफलता मिल्ने देखिन्छ । बौद्धिकता एवम् सिर्जनात्मक क्षमता बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य पनि खासै सबल नरहन सक्छ । खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । भौतिक साधनको क्षति हुने सम्भावना छ, सजग रहनुहोला । नसोचेको ठाउँमा धन खर्च हुनसक्छ, बेलैमा सजग रहे अनवश्यक खर्च नियन्त्रण गर्न सकिनेछ । काममा परिवारजनको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्