भारतबाट बढेर आएपनि पेट्रोलियम पदार्थको मुल्य यथावत राख्ने निगमको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको भएपनि चाडपर्व र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मुल्य यथावत राखेको जनाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २.२९ रुपैयाँ र डिजलमा ३.४६ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ रहेको छ ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्