भदौ ३० गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ भदौ ३० गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर १५ नेपाल सम्बत ११४५ ञलागा नवमी- २४, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण नवमी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, व्यातिपात योग, तैतिल करण । आज बिहान ५ बजेर ४९ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ११ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुने समय छ । व्यापार व्यवशायमा सोचेभन्दा बढी नै लाभ हुने देखिन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्ला । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने देखिन्छ । आयस्रोत वृद्धिले उत्साह बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने दिन छ । रोकिएको काम सानै प्रयासले बन्नेछ । खर्च लागे पनि उपलब्धिमूलक यात्राको अवसर जुट्न सक्छ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै सजगता अपनाउनुपर्ने देखिन्छ । प्रगतिको दर बढ्नाले आनन्द वृद्धि होला । यात्रापरक काम बन्नेछ । सबल स्वास्थ्यका लागि खानपान र नियमित विधि–व्यवहारमा विशेष ध्यान दिनु हितकर हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नियमित कार्यमा केही चुनौती बढ्ने समय छ । व्यक्तिगत काममा समय र धन खर्च हुने देखिन्छ । महत्वपूर्ण योजना कार्यान्वयनमा बिघ्नबाधा उपस्थित हुन सक्छन् । आर्थिक हानी हुने सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरे पनि धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिश्रित फलदायी समय छ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्न सक्छ । अरुसँग गरेको बाचा पूरा हुने दिन रहेको छ । मन लगाएर कर्म गरेपनि सोचेअनुसार फाइदा नहुने देखिन्छ । भौतिक साधनमा क्षति पुग्ने योग रहेकोले विशेष सावधानी अपनाउनु उचित होला । टाढिएका आफन्तको यादले पिरोल्ने देखिन्छ । अन्य कुरामा सुखले साथ दिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आयआर्जनको दृष्टिले राम्रो समय छ । लामो समयदेखि रोकिएको काम बन्नुेछन् भने नसोचेको ठाउँबाट धन आउने देखिन्छ । केहि नयाँ कामको लागि परिवारजनको उचित सल्लाह आउला । नयाँ काम सुरु गर्न सकिने छ । व्यापारबाट राम्रै धनलाभ हुनेछ, नउठ्ने ठानिएको पैसा पनि उठ्ने योग छ । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । आरोग्यता रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामान्यतया दिन राम्रो छ । रचनात्मक काममा जुट्ने समय छ । साझेदारी र सट्टापट्टाबाट विशेष लाभ मिल्ला । मन त्यसैत्यसै फुरुङ्ग हुने देखिन्छ । धनलाभ हुनेछ भने प्रेमभाव वृद्धि हुनाले सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आज गरेको लगानीले राम्रो प्रतिफल दिने देखिन्छ । सामाजिक क्षेत्रमा बढी मन जाला । साथीभाइले काममा सहयोग जुटाउनेछन् । आफन्तको पनि साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नियमित कार्यमा आलस्यता जाग्ने र खर्चको मात्रा बढ्नसक्ने समय छ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, सजग रहनुहोला । अनावश्यक वादविवादमा पर्नबाट जोगिन विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आरोग्यता रहनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन । हरेक कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा पनि समस्या हुने देखिन्छ । काममा मन नजानाले महत्वपूर्ण विषय पनि अधूरै रहने सम्भावना छ । मान–सम्मानमा आघात पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु उचित होला । आरोग्यबल बढ्नेछ । निरर्थक यात्रा हुनसक्छ, यात्रागत कार्य थाती राखेकै उचित हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने समय छ, यसले मान प्रतिष्ठामा राम्रो प्रभाव पार्ला । पारिवारिक आवश्यकता पूर्ति हुनेछ भने घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । चल–अचल सम्पत्तिको कारोवार हुनसक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । मनोरन्जनका क्रियाकलापमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मनोकूलता बढ्ने एवम् रोकिएको काम बन्ने समय छ । प्रयत्न गर्दा व्यावसायिक काममा विशेष फाइदा उठाउन सकिनेछ । यात्रागत कार्यबाट पनि धनको लाभ होला । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ । साहित्यिक कार्यमा विशेष मन जानेछ । बौद्धिक तथा कलात्मक कामले प्रशंसा दिलाउनेछ । पारिवारिक सुखशांति बढ्ने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): राम्रो गर्न खोज्दाखोज्दै प्रतिकुल परिणाम निम्तिनसक्ने समय छ, हरेक कर्यमा एकदमै सवधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्यले साथ नदिन सक्छ । यात्राका क्रममा पनि अघिपछिको तुलनामा विशेष सजगता अपनाउनुपर्ने देखिन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन् । नसोचेको ठाउँमा धनको नाश हुने सम्भावना छ । समस्यामा मित्रजनको साथ मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नियमित कार्यबाट आर्थिक लाभ मिल्ने खालको समय छ । आजको दिन सोचेका कामहरू सजिलै बन्नेछन् भने कसैबाट साथ-समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । महत्वपूर्ण योजनामा अनायासै ठिक निर्णय हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अधुरा काम सम्पन्न हुनेछन् । खर्च केही बढ्न सक्छ, तर उपयोगी कार्यमा भएको आर्थिक लगानीले सन्तुष्टि प्रदान गर्नेछ । सुखविलास बढ्ने योग छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्