आज मिति वि.सं. २०८२ भदौ २७ गते शुक्रबार ई.सं. २०२५ सेप्टेम्बर १२ नेपाल सम्बत ११४५ ञलागा पञ्चमी- २०, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, असोज कृष्ण पञ्चम, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्याघात योग, तैतल करण । आज बिहान ५ बजेर ४८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १४ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएको काम अघि बढाउने सोचमा हुनुहुन्छ भने उपयुक्त समय छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । विज्ञजनको सुझाव एवम् बुद्धिविवेकको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आर्थिक उपार्जनको प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । नयाँ आयस्रोत प्राप्तिको योग छ । आमोदप्रमोदको अवसर जुर्ने देखिन्छ । रमिरहनु
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आयआर्जनको दृष्टिले राम्रै समय छ । इमानदारी र लगनशीलताले राम्रो उपलब्धि दिलाउला । समय लागे पनि महत्वपूर्ण कामहरू सम्पादन हुनेछन् भने परिजनको सहयोग लिँदा झनै राम्रो हुने देखिन्छ । आर्जनका स्रोत वृद्धिले परिवारजनका आवश्यकता पूरा हुनेछन् । व्यापार-व्यवसायमा हुनेका लागि उचित अवसर हासिल हुने देखिन्छ । बौद्धिक क्रियाकलापमा पनि विशेष सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । आफ्ना विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । काममा स्थानान्तरणको सम्भावना छ । लाभदायी कार्य प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रै फाइदा हुने तथा अचानक कमाइ हुनसक्ने योग छ । पराक्रम वृद्धिका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता वृद्धि हुनुका साथै श्रमअनुसार उपलब्धि हासिल गर्न मुस्किल पर्ने समय छ । आलस्यले गर्दा अवसर गुम्न सक्छ, आफूलाई जागृत तुल्याउने प्रयत्न गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुहोला । आजको दिन आर्थिक कारोबार अति आवश्यक अवस्थामा मात्र गर्नु उचित हुनेछ । नोकरीमा रहेका व्यक्तिलाई पदोन्नति एवम् स्थानान्तरणको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनसँग मनोरञ्जनात्मक जमघटको योग छ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तत्काल ठूलो लाभ नभए पनि भविष्यका लागि विशेष कामको जग बसाउने अवसर प्राप्त हुने देखिन्छ । तर, बाध्यताले केही अप्ठ्यारोमा पार्न सक्छ, सजग रहनुहोला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग भएपनि योजना कार्यान्वयनमा अरूको भर पर्दा झमेला बढ्न सक्छ । आफन्तमिलनले सुख दिनेछ, प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । बौद्धिकताको सही प्रयोगले पेचिला कार्यमा सहजता हासिल हुनसक्छ । विपरीतलिंगीको साथ–सहयोगले महत्वपूर्ण काम बन्ने देखिन्छ । रसरागको भाव वृद्धि हुनेछ । दैनिक क्रियाकलापमा जाँगर बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन चाहनेका लागि अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । यात्रागत कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यको सबलताले पराक्रम बढ्ला । कुनैपनि समस्यामा परिवारजनको साथ-सहयोगबाट समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नियमित खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमताको दरकार छ । इर्ष्यालु पात्रबाट आलोचना हुने, विशेष काममा बाधा आउने, धनमाल हराउने सम्भावना पनि रहेकोले अत्यन्त सजग रही व्यवहार गर्नु हितकर होला । प्रतिकुलता वा चुनौतीका बाबजुद आँटेको काममा सफलता नै मिल्नेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अध्ययन-अध्यापनमा खासै मन नलागे पनि अन्य कार्यमा आत्मविश्वास बढ्नेछ । जिम्मेवारी बढिरहनेछन् । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमै होस पुग्न नसक्दा महत्वपूर्ण अवसर गुम्नसक्ने सम्भावना छ, ध्यान राख्नुहोला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने र वादविवादको सामना गर्नुपर्ने योग छ । तथापि, सामर्थ्य वृद्धिले शत्रुपक्ष परास्त हुनेछ । आरोग्यता रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने समय छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । भेटघाटको अलमलले नोक्सान पार्न सक्छ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा लगाव रहला । रसरागको भाव जागृत हुनेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्चको योग छ । योजना र बजेट बनाएरमात्र आर्थिक क्रियाकलाप गर्नु उचित हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अधुरा कामलाई अघि बढाउन सकिने तथा नयाँ कार्ययोजना पनि सुरु हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रेमजीवन उत्साहजनक रहनुका साथै दाम्पत्य सम्बन्धमा प्रगाढता आउने देखिन्छ । स्वास्थ्यप्रति भने विशेष सजगता अपनाउनुपर्ने देखिन्छ । खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । सुख-सुविधाको वस्तु बढ्नेछन् । परिजनको सहयोगले समस्याको समाधान मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । अप्रत्याशित लाभको योग छ, तर खर्च पनि केही वृद्धि होला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आरोग्यबल बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउने दिन छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउने योग छ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने देखिन्छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । साझेदारीको काम बन्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्