आज मिति वि.सं. २०८२ भदौ २४ गते मंगलबार ई.सं. २०२५ सेप्टेम्बर ९ नेपाल सम्बत ११४५ ञलागा द्वितीया- १७, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पक्ष द्वितीय, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, गण्ड योग, तैतिल करण । आज बिहान ०५ बजेर ४६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर १८ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । अनुकूलता वृद्धि भएपनि हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा केही पछि परिएला । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । यात्रा शुभ रहला । रोकिएको कार्य धर्मकर्मलेले अघि बढ्नेछ । आमोदप्रमोदमा रम्ने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सोचेको काम सफलतापूर्वक सम्पन्न हुने दिन छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । तथापि, अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । नजिकका साथीभाइ टाढिनाले परिस्थिति प्रतिकूल रहन सक्छ, ध्यान राख्नुहोला । ब्यस्तताका साथै जोखिम बढ्नेछ । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । तर, नियमित कार्यमा ब्यवधान आइपर्न सक्छ । बाध्यतामा अल्मलिनुपर्दा चिताएको काम रोकिने सम्भावना छ । काम बिग्रने डरले सताइरहला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर उच्च आत्मविश्वासले समस्याको समाधान दिलाउने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिहेनतले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साहस वृद्धि हुनेछ भने प्रेमभाव बढ्नेछ । विपरीतलिंगीको साथ-सहयोग मिल्नेछ । धनलाभको योग छ । रमाइलो यात्रा हुनसक्छ, यात्रागत कार्यबाट लाभ मिल्ने योग छ । आमाको माध्यमबाट काम बन्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । दिन रमाइलैसँग बित्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक सुख शांति बढ्नुको साथै नियमित कार्यमा सफलतमा मिल्ने समय छ । पारिवारिक भेटघाट हुनसक्छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्नुका साथै ठूलै फाइदाको आश्वासन पनि पाइएला । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । सन्तानसुख बढ्नेछ । आजको दिन सबल स्वास्थ्यको लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): केही चुनौती वृद्धि हुने समय छ । ब्यस्तता बढ्ला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । दौडधुप बढेपनि कार्यसफलताका कारण मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । खर्चवृद्धिको सम्भावना छ, फजुल खर्च रोक्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ । यात्रागत कामा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । तर, भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । बुद्धि– विवेकको सही प्रयोगले प्रतिस्पर्धी परास्त हुनेछन् । साथीभाइको साथ मिल्नेछ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । तर, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने देखिन्छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । लामो दूरीको यात्रा वा वैदेशिक भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अप्रत्यासित धनलाभले उत्साह बढ्ने योग छ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन नियमित कार्यमा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । सहयोगीहरूबाट उत्साहजनक साथ नपाइने देखिन्छ, सचेत रहनुहोला । मेहनतीजनका लागि भने राम्रै फाइदा हुने समय छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । आरोग्यता रहनेछ । रचनात्मक कार्य काम बन्नेछ भने रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । लाभदायी कार्य प्रारम्भ हुने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा नै हुने योग छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यगत समस्याले सताउन सक्छ । न्यून उपलब्धिले मनमा असन्तोषको भाव जागृत हुनसक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । अध्ययन-अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बोलीको प्रभावका साथै कार्यसम्पादनको क्षमता बढ्नेछ । अनावश्यक विवादमा परिने योग छ, सावधानी अपनाउनु हितकर होला । सामर्थ्य वृद्धि हुनेछ, आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यक्तिगत फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारीसाथ काम लिनुपर्ने समय छ । विवेकका साथ प्रयत्न गर्दा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने देखिन्छ । मेहनतले कीर्ति दिलाउनेछ । उन्नति पदोन्नति हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्