भदौ १६ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ भदौ १६ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर १ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल नवमी, चन्द्रमा वृश्‍चिक राशिमा, ज्‍येष्‍ठा नक्षत्र, विषकुम्‍भ योग, बालव करण । आज बिहान ०५ बजेर ४३ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर २३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने समय छ । मान-सम्मान, प्रतिष्ठा र साहस बढ्नेछ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिएला । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । साथीभाइले हरक्षण साथ दिने छन् भने मातापिताको विशेष आशीर्वाद मिल्नेछ । खेलकूद, भ्रमण र मिष्ठान्न भोजनमा आकर्षण बढ्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन खासै सुखदायी नरहला । धेरजसो समय सानातिना काममै अल्झनुपर्नेछ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनसक्छ । कसैसँग विवाद वा झगडा हुन सक्छ, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । घरमा पाहुना तथा अतिथिको आगमन हुने देखिन्छ । कामको बोझले थाकेको महसुस भएपनि प्रेमभाव बढ्नेछ । घर-गृहस्थीमा समस्या आएपनि समस्याको समाधान हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता वृद्धि हुनेछ । यात्राको समय रहेकोले धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । सन्तानपक्षबाट सुख–सन्तोष प्राप्त हुने योग छ । सम्पन्न गरिसकेको कामपनि प्रक्रिया नमिल्नाले दोहोर्याउनुपर्नेे स्थिति आउन सक्छ, सचेत रहनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग आजको दिन विशेष सावधान रहनु उचित होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिश्रित फलदायी दिन छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, तर लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । नसोचेका समस्या देखिन सक्छन्, मित्रजनको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काममा हात हाल्ने समय आएको छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । सुखद समाचार सुन्न पाइएला । समाजसेवाका कार्यबाट प्रशंसाा मिल्नेछ । अन्य विविध लाभ हुनुका साथै विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने देखिन्छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नियमित कर्ममा खासै मन नजाने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ, सजग रहनुहोला । स्वास्थ्य अनुकुल नरहनाले अनावश्यक समस्या बढ्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । हतियार र सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्त र साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दानपुण्य र भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टि मिल्ने दिन छ । विद्या, बौद्धिक क्षेत्रमा पनि सफलता हातपर्ला । आकस्मिक तवरले धनलाभको योग छ । सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ । खर्च वृद्धि भएपनि फजुलमा जानेछैन । मिठो भोजन प्राप्त हुनेछ । यश–वर्चश्व बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभता बढेर रोकिएको काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन होला । सामर्थ्य वृद्धि भइ अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आय वृद्धि र उन्नति–पदोन्नति हुने समय छ । आर्थिक पक्ष सबल रहला । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नचिताएको काममा खर्च हुने योग रहेकोले सावधान रहनु उचित होला । आरोग्यबल बढ्नेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दैनिक कार्यमा ढिलासुस्ती भएपनि सोचेका काम सजिलैसँग पूरा गर्न सकिने समय छ । आजको दिन जग्गाजमिनको कारोबार गर्दा असल हुने देखिन्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पढाइलेखाइमा राम्रो हुनेछ । लाभदायी यात्रासमेत हुन सक्छ । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा विशेष सक्रियता बढ्ने देखिन्छ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने जस्तोसुकै समस्याको समाधान हनिकाल्न सकिनेछ । तथापि, सानातिना काम समस्यामै अल्झनुपर्ने देखिन्छ । मेहनतअनुसारको फल नपाइने योग रहेकोले धैर्यको दरकार छ । आफन्त एवम् मित्रजनको सहयोगले उत्साह बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कुनै लाभदायक समाचार सुन्न पाइएला । आजको दिन खर्च भने बढ्न सक्छ । आर्थिक लेनदेन नगर्नु उचित हुनेछ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सजग रहनुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): लामो समयदेखि रोकिएका काम बन्दैजाने समय छ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । धनलाभ हुने देखिन्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने योग छ । कतै अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा मिल्नेछ । सवारी साधनको विशेष आनन्द लिन पाइएला । दाम्पत्यसुख बढ्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काम सफल हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्