भदौ ०८ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०८२, आईतवार
6 Min Read
Aa

आज मिति वि.सं. २०८२ भदौ ०८ गते आईतबार ई.सं. २०२५ अगस्त २४ नेपाल सम्बत ११४५ गुंलागा पारु-१ , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण प्रतिपदा, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, शिव योग, बव करण । आज बिहान ०५ बजेर ३९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर ३५ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नसोचेको काम बन्ने र परोपकारको क्षेत्रमा मन आकर्षित हुने समय छ । मिष्ठान्न भोजनको अवसर आउनेछ भने मित्रजनहरूसंग पनि रमाइलो भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुने देखिन्छ । मान-महत्व बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । अनुकूलता वृद्धि होला । इष्टमित्रको सहयोग प्राप्त भइ रोकिएको काममा सफलता मिल्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन केही चुनौतीयुक्त छ । महत्वपूर्ण कार्यहरू थाती राख्नु उचित हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाशको योग छ, सजग रहनुहोला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सबल स्वास्थ्यको लागि खानपानमा सचेत रहनुपर्नेछ । अनावश्यक झमेलाबाट जोगिने प्रयास गर्नुहोला । अति आवश्यक अवस्थामा बाहेक यात्रागत कार्य स्थगन गरेकै हितकारी हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शुभदायी समय छ । महत्वपूर्ण व्यक्तिको साथ-सहयोगले धनजनमा वृद्धि हुने योग छ । मित्रजनबाट समर्थन पाइएला । ठुला ब्यक्तिसंगको भेटघाट फलदायी हुनसक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सकारात्मक तर अनौठो खबर सुन्न पाइएला । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): थाती रहेका कामहरू सम्पन्न हुनसक्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । आयआर्जन हुने दिन छ । सुखद यात्राको सम्भावना छ । डुबेको धन उठ्नसक्ने योग छ । आरोग्यता रहनेछ । कर्मबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): घरमा पाहुना आगमनको दिन छ । साथै रमाइलो यात्राको सम्भावना पनि रहेको छ । धनको लाभ होला, तर आज कुनै पनि नयाँ काम नथाल्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । रसरागका कार्यक्रममा आकर्षण रहनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशांति बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा खास ध्यान राख्नुहोला । प्रेम सम्बन्धमा खटपन या चिसोपन पैदा हुनसक्छ । यात्रागत कार्य भने बन्ने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन महत्वपूर्ण कार्यमा सफलता प्राप्त हुनेछ । नियमित काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्ने योगका कारण आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ । सोचेकोे काम समयमै सम्पन्न हुन अतिरिक्त शक्ति खर्चनुपर्ला । सुख-सुविधाको वस्तु खरिदमा धन खर्च हुनसक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दौडधुप बढेपनि परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । कृषिक्षेत्रबाट लाभ लिन अलिक बढी नै परिश्रम र लगानी गर्नुपर्ला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । मातापितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । सामथ्र्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ । ब्यापार-व्यवसायमा फाइदाकै योग छ । दाम्पत्यसुख बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । साहस वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन चुनौतीयुक्त रहने देखिन्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने देखिन्न । निरर्थक काममा श्रम लगाएर ब्यर्थै समयको नाश होला । मनमा उदासिनता बढ्ने सम्भावना छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विशवास गरेकाले धोका दिने सम्भावना रहेकोले सवधानी अपनाउनु उचित होला । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बौद्धिक र रचनात्मक कार्य बन्ने समय भएपनि मनमा दुविधा रहन सक्छ । सामाजिक काममा नाम रहने छ, तर जागिरमा भने सजक रहनु उचित होला । स्वास्थ्यका दृष्टिकोणले दिन राम्रो छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइएला । महत्वपूर्ण काम बन्नाले मन रमाृउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । पराक्रम वृद्धि हुनेछ । शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आरोग्यबल बढ्ला । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्