आज मिति वि.सं. २०८२ भदौ ०७ गते शनिबार ई.सं. २०२५ अगस्त २३ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण औंसी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, परिघ योग, नाग करण । आज बिहान ०५ बजेर ३८ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ३६ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभदायी दिन छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् भने परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । चित्त शान्त रहनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । धनलाभको योग छ । मिठो भोजन प्राप्त होला । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्नेछ भने आफन्तको साथले उत्साह वृद्धि होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय नराम्रो नभएपनि आजको दिन दैनिक व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । अनावश्यक खर्च वृद्धि हुनसक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । परिवारिक समस्याले चिन्तित तुल्याउन सक्छ । शत्रुपक्षले सताउने योग रहेकोले सावधान रहनु हितकर हुनेछ । कुनै शुभ समाचार प्राप्त हुने देखिन्छ । विपरीतलिंगीको साथ रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन रमाइलै रहनेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने व्यवसायिक कार्य पनि सुखदरूपले अघि बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिएला । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । धनलाभको योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सफल रहनेछ । समग्रमा दिन खुशी साथ बित्ने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आत्मविश्वासका साथै कर्मबल वृद्धि हुने समय छ । आयआर्जनको दृष्टिले विशेष प्रगति होला । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नियमित कार्यमा थप सहजताको अनुभूति होला । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । मिठो भोजन प्राप्त होला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन पारिवारिक सुखशान्ति बढ्नुका साथै नियमित कार्यमा जाँगर बढ्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय तथा सुखद यात्राको योग छ । कर्मबल वृद्धिका साथै धनार्जनको अवसर जुर्ला । कृषिको कामबाट विशेष लाभ हुने देखिन्छ । रसरागको भाव वृद्धि हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा थप सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अरूको भर पर्दा काममा धोका हुन सक्ने समय छ । कुनै कामविशेषले टाढाको यात्रा गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ । व्यर्थको खर्चले मन पिरोल्न सक्छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपान र शारीरिक व्यवहारमा सजगता अपनाउनु उचित हुनेछ । चुनौतीका बाबजुद कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मिश्रित फलदायी समय छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्ने सम्भावना छ । आत्मविश्वास कायम राखी अघि बढ्ने प्रयत्न गर्नुपर्ला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । नियमित कार्यमा दौडधुप बढ्ने देखिन्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन धन आर्जनका नयाँ बाटा खुल्नेछन्, खर्चभन्दा कमाई नै बढी हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको लगानीबाट विशेष लाभ मिल्ने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । नियमित कार्यमा जाँगरका साथै सामर्थ्य वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन आफ्नो दायित्वप्रति विशेष सजग रही व्यवहार गर्नु हितकर होला । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उचित रहनेछ । काममा जोश र जाँगर बढ्नेछ भने कामहरू सजिलै बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । अध्ययन-अध्यापनमा प्रगति होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय खासै राम्रो छैन । अनावश्यक डर पैदा हुनेछ भने अनावश्यक वादविवादको सम्भावना छ । पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा पनि केही मनमुटाव हुने देखिन्छ, संयमपूर्ण व्यवहार गर्नुहोला । नियमित कार्यमा दबाबको परिस्थिति पैदा हुनसक्छ । तथापि, नियमकानूनले साथ दिनाले दायित्व निर्वाह गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता वृद्धि हुनेछ, धन पनि बढ्ने देखिन्छ । सामाजिक काममा नाम रहने छ । जागिर एवम् ब्यापारमा दिन ठिकै छ । मनमा दुविधा रहन सक्ने देखिन्छ । नयाँ र विशेष योजनाको सुरुवात खासै राम्रो छैन, ख्याल राख्नुहोला । तथापि, कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): घरमा पाहुनाको आगमन हुने, मनोरञ्जनको माहोल बन्ने र वैवाहिक जीवन सुखी हुने खालको दिन छ । चल–अचल सम्पत्तिको कारोबार हुने देखिन्छ । सुखद यात्राको पनि योग रहेको छ । आरोग्यबल बढ्नुका साथै पराक्रम वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्