भदौ ०३ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८२, मंगलवार
6 Min Read
Aa

आज मिति वि.सं. २०८२ भदौ ०३ गते मंगलबार ई.सं. २०२५ अगस्त १९ नेपाल सम्बत ११४५ गुंलागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण एकादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, वज्र योग, बालव करण । आज बिहान ०५ बजेर ३६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर ४० मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ, हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यसाथ सावधानी अपनाएर काम लिने प्रयत्न गर्नुहोला । यात्राको व्यवस्थापनमा खर्च बढ्ने देखिन्छ । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, तथापि आत्मविश्वासमा कमी आउनेछैन । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केही चुनौतीहरू देखिनेछन्, तर चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहला । नियमित व्यवसायमा फाइदा नै हुनेछ । यात्रामा भने धनमाल हराउने योग छ, सावधानी अपनाउनुहोला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आफन्तको साथ र पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): बौद्धिकताका साथ पराक्रम बढ्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दाम्पत्यसम्बन्धमा केही चिसोपन आउन सक्छ, पतिपत्नीमा अविश्वास बढ्ने देखिन्छ । व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । जोखिम बढेपनि भूमि तथा मातृधनबाट लाभ उठाउन चाहे सफलता मिल्नेछ । ब्यस्तता बढ्ला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, ध्यान राख्नुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन सामान्य तथा सहज नै रहला । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ भने धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा हासिल हुने देखिन्छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । तर, शोख पूरा गर्नमा आज केही खर्च बढ्ला । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । यात्रागत कार्य सार्थक रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): स्वअधिकारको सुरक्षा गर्न केही कसरतमा जुट्नुपर्ने भएपनि आजको दिन समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्पर्धी पछि पर्नेछन् । आरोग्यबल बढ्नेछ । मुद्दा-मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने योग छ । सुख बढ्नेछ । आफन्तजनको साथले कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मान-प्रतिष्ठा कमाउने समय छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सन्तानपक्ष एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । प्रेमभाव र आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही बाध्यतापूर्ण कामको बोझ पर्नसक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सामान्य विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ । तथापि, पराक्रममा कमी आउनेछैन । रोकिएको काम मिहनिेतले बन्नेछ । आरोग्यता रहला । प्रतिष्पर्धीले हार खानेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । गोपनीयतामा विशेष ध्यान दिनसके महत्वपूर्ण काम सम्पन्न हुनसक्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । व्यस्तता बढेपनि रसरागात्मक क्रियाकलाापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने देखिन्छ । नयाँ जिम्मेवारी हातपर्ने सम्भावना छ । सुख वृद्धिका साथै मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति होला । प्रतिभाको कदर हुनेछ । रमाइलो भ्रमणमा सरिक होइएला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सुखदानुभूतिले पछ्याउने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने देखिन्छ । पारिवारिक आवश्यकता पूर्ति होला । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । अप्ठ्यारो परिस्थितिमा आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्