भदौ ०२ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८२ भदौ ०२ गते सोमबार ई.सं. २०२५ अगस्त १८ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्‍ण दशमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, हर्षण योग, वणिज करण । आज बिहान ०५ बजेर ३६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर ४१ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्यजीवन सुखमय रहनेछ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ख्याल राख्नु हितकर हुनेछ । उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । यात्रा मनोरञ्जनपूर्ण रहनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुखशान्ति रहला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट धनलाभ हुने योग छ । यात्रागत कार्य सार्थक रहला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ । उद्योग–व्यापारमा विशेष फाइदा हुने देखिन्छ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन खासै अनुकुल नरहन सक्छ । माता, पिता र सन्तानपक्षसँग विवाद तथा मतभेद हुनसक्छ । पढाइलेखाइका कार्यमा अवरोध आउने देखिन्छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ मिल्नेछ । मानसम्मानमा आघात पुग्न सक्छ, बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । यात्रामा सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । जोखिम बढेपनि आर्थिक कार्यमा राम्रै फाइदाको योग छ । आजको दिन बलभन्दा बुद्धिको काममा जोड दिनु उचित होला । आय-व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । विभिन्न उपहार प्राप्त हुने सम्भावना छ । मिठो भोजन प्राप्त होला । साथीभाइको सहयोग प्राप्त हुनेछ । ग्रहको प्रवलताले शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सफलता र असफलता मिश्रितरूपले अनुभूत हुने समय छ । धार्मिक कार्यमा मन नजाने, भाग्यले खासै साथ नदिने, विश्वासघात हुने सम्भावना प्रवल रहेकोले गोपनीयतामा एकदमै सावधानी अपनाउनु उचित हुनेछ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सोसम्बन्धी कार्य सहज रूपले अघि बढ्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । प्रेमभाव बढ्नेछ भने आरोग्यता रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । घर तथा सवारीसाधन जोड्ने अवसर मिल्ने देखिन्छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । तर महत्वपूर्ण योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीयजनसँग असमझदारी बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । प्रेमभाव वृद्धि हुनेछ भने यात्रा सार्थक रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झने तर कसैसँग विवाद वा झगडा हुन सक्छ, सजग रहनुहोला । विद्यार्थीहरुका लागि दिन राम्रो छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । प्रेमभाव बढ्नेछ । गोपनियतामा निरन्तर रहनु उचित होला । स्वास्थ्य केही कमजोर रहनसक्छ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मिश्रित फलदायी समय छ । घरेलु समस्याले पिरोल्ने, पति-पत्नीबीच विवाद बढ्नसक्ने देखिन्छ । मित्रजन एवम् आफन्तहरुले धोका दिन सक्छन्, तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको सम्भावना छ, संयमता अपनाउनु उचित होला । प्रेमको बन्धन भने कसिने योग छ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । सुख-सुविधाको वस्तुमा खर्च हुने देखिन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्ने र परिश्रमअनुसारको परिणाम हासिल हुने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । धन आर्जनको योग छ । मिष्ठान्न भोजनको अवसर जुर्ला । महत्वपूर्ण कार्यमा आवश्यकताअनुसार लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्ने सम्भावना छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्योदयको समय छ । बोली र ब्यवहारको प्रभावमा अरुलाई विश्वास दिलाइ आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । तर, खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान राख्नुहोला । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, सजगताको दरकार छ । सन्तानपक्ष एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विगतको श्रमबाट धनलाभ भएपनि आजको दिन आम्दानी सीमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, साथीसंगीसँगको सम्बन्धमा खटपट भइरहने हुनसक्छ । प्रेम प्रसङ्गका कारण अध्ययन–अध्यापनमा दखल पर्नसक्छ, संयमताको जरुरत छ । स्वास्थ्य पनि खासै सबल नरहला । रचनात्मक कार्यमा आंशिक प्रगति हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्य समस्याले सताउन सक्छ । आर्थिक कारोबारमा पनि समस्या आउने देखिन्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । तथापि, अरुको विश्वास भने सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनेछ भने चुनौतीका बाबजुद जोश-जाँगर पनि कमी हुनेछैन । पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्