साउन ३१ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ श्रावण २०८२, शनिबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन ३१ गते शनिबार ई.सं. २०२५ अगस्त १६ नेपाल सम्बत ११४५ गुंलागा अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण अष्टमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वृद्धि योग, बालव करण । आज बिहान ०५ बजेर ३५ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर ४३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ भने सन्तान तथा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । तर कुनै मान्यजनसँग असमझदारी बढ्नसक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । सार्थक यात्राको योग छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय मनोरञ्जनपूर्ण र उत्साहवद्र्धक रहला । वैदेशिक क्षेत्रबाट लाभको मौका जुर्ने देखिन्छ । स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । पितृधन समेत लाभ हुने सम्भावना छ । व्यापार-व्यवसायबाट विशेष लाभ लिने प्रयत्न गर्दा मिहेनत खेर जाँदैन । प्रगतिको दर बढ्नाले आनन्द वृद्धि हुनेछ । सुख बढ्नेछ र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि धर्मकर्ममा आकर्षण बढ्नेछ । श्रमको पनि उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारीसमेत बहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूबाट सजग रहनु उचित हुनेछ । विवेकको सही प्रयोगले शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौती बढ्ने र काममा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । तथापि, व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । निकट सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । रसरागमा आकर्षण रहनेछ । आजको दिन अनावश्यक यात्रा नगर्नु उचित होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुनसक्ने दिन छ । नियमित कार्यमा जाँगर बढ्ने छ भने आम्दानी बढ्ने एवम् उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारबाट राम्रै फाइदा होला । भूमि तथा मातृधनबाट विशेष लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न मौका जुर्ला । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्ने समय छ । सामाजिक उत्तरदायित्व वहन गरिएला । रोकिएका काम सम्पादन हुने तथा नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धैर्यले काम लिने प्रयास गरे लाभको दायरा बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृकिा साथै सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): स्वास्थ्य केही कमजोर रहनाले नियमित कार्यमा असर पर्नसक्ने समय भएपनि आम्दानीमा कमी नहोला । जिम्मेवारी बढिरहनेछन् तर सहयोगको आशा देखाउनेहरूको भर पर्दा धोका हुनसक्छ, सजग रहनुहोला । लेनदेनमा विवाद आउने योग छ । साहसिक काममा आकर्षण बढ्नेछ । विपरीतलिंगीको सहयोगले विशेष कार्य बन्ने योग छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । तथापि, प्रयास गर्दा रोकिएका महत्वपूर्ण काम बन्नेछन् । केही मात्रामा खर्च बढ्ने देखिन्छ । आलस्यपन जाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ । सामर्थ्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सफल रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भाग्योन्नतिको समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिता तथा आफन्तको सहयोगले विशेष काम बन्ने देखिन्छ । विशेष लाभ उठाउन सकिएला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने योग छ । आम्दानी बढ्नेछ । मिठो भोजन प्राप्त होला । खेलकुद, भ्रमणजस्ता कर्ममा आकर्षण बढ्नेछ । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । परिश्रमका बाबजुद समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने देखिन्छ । उद्योग तथा व्यापारमा सामान्यमात्र फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रागत कार्य पनि सफल रहला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): ब्यस्तता बढ्ने र परिश्रम पनि अलिक बढी नै गर्नुपर्ने समय छ । श्रमअनुसार उपलब्धि नमिल्न सक्छ । तापनि नियमित काममा आंशिक सफलता मिल्नेछ । कतैबाट अप्रिय समाचार प्राप्त भइ खिन्नता बढ्नसक्ने योग छ, तर आत्मविश्वासमा कमी आउनेछैन । पढाइलेखाइमा अलिक ध्यान दिनु हितकर होला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिलेपनि व्यापार–व्यवसायमा त्यत्ति फाइदा नहोला । आरोग्यबल बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नियमित काममा केही चुनौती देखिए पनि नसोचेको फाइदा उठाउन सकिने समय छ । धेरैले सहयोगको तत्परता देखाउनाले समयको सदुपयोग हुनेछ भने विभिन्न अवसर पाइने देखिन्छ । आवश्यक सजगता अपनाउन चुक्दा अवसर फुत्कने सम्भावना देखिन्छ, ध्यान राख्नुहोला । आतिथ्यपूर्ण सम्मान पाइने र प्रेमको बन्धन कसिने योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । खर्च भने केही बढ्न सक्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्