आज मिति वि.सं. २०८२ साउन २२ गते बिहीबार ई.सं. २०२५ अगस्त ७ नेपाल सम्बत ११४५ गुंलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, विष्कुम्भ योग, तैतल करण । आज बिहान ०५ बजेर ३० मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५० मिनेटमा अस्ताउननेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउने योग छ । यत्रागत कार्यमा केही जोखिम जोखिम रहेपनि कठोर मिहिनेतले काम बन्ला । मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भाग्योन्नतिको समय हुनाले मन प्रशन्न रहनुका साथै धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीको काम बन्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । प्रेमभाव वृद्धिका साथै दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । यात्रापरक कामको सफलताले सन्तुष्टि दिलाउनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुने योग छ । तथपि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । नियमित काममा आलस्य जाग्ने देखिन्छ । अनावश्यक कुरामा खर्चको मात्रा बढ्ने सम्भावना रहेकोले योजना र बजेट बनाएर मात्र व्यवहार गर्नु हितकर हुनेछ । शत्रुपक्षलाई परास्त गर्न सकिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्ने समय छ । विवेकको सही प्रयोगले जस्तोसुकै समस्यामा समाधान निकाल्न सकिएला । यात्रागत कार्य लाभदायी रहनेछ । स्वास्थ्य सबल रहनेछ । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष फाइदा उठाउन सकिने योग छ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ भने पहिलेका कमी–कमजोरीलाई सुधार्ने मौका पाइनेछ । मित्रवर्गबीच विवादमा परिने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । रमाइलो जमघटको अवसर मिल्नुका साथै विभिन्न उपहार प्राप्त हुने समय छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । बोली र व्यक्तित्वको प्रभाव रहला । फलदायस् कामको अवसर प्राप्त हुने योग छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला । कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नियमित कार्यमा ब्यस्तता बढेपनि उत्साह र उमङ्ग वृद्धिको अनुभूति हुनेछ । स्वास्थ्य सबल रहनेछ भने मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित रहला । पराक्रम वृद्धि हुनेछ । आफन्तको साथले कार्यगति बढ्नेछ । तथापि, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहनसक्ने योग रहेकोले हर कदममा सजगता अपनाउनु हितकर हुनेछ । समस्यामा साथीभाइको सहयोग मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कामले धेरैको मन लोभ्याउन सकिने र अरूलाई प्रभावित पारेर विशेष फाइदा उठाउने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, खानपानमा विशेष ध्यान राख्नुहोला । पठनपाठन तथा बौद्धिक क्रियाकलापमा खासै समय दिन नसकिएला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा पछि परिनेछैन ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कामले धेरैलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिएला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्तिको योग छ । कीर्तिमानी कार्य सम्पादन होला । वित्तादि लाभ हुने देखिन्छ । आरोग्यबल बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने क्षमता अभिवृद्धि होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । पारिवारिक सुख मिल्नुका साथै सहयोगीहरूले साथ दिनाले नियमित कार्यमा पनि सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण क्रियाकलापमा सरिक होइएला । साहसिक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । दुर्गमस्थान तथा टाढाको यात्रा सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आफन्तजन असन्तुष्ट रहन सक्छन् । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । सन्तानपक्षबाट सन्तोष नमिल्न सक्छ । आज हरेक कार्यमा विशेष संयमता अपनाइ व्यवहार गर्नु उचित हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढेपनि श्रमको उचित मूल्य नमिल्न सक्छ । दोधारको अवस्था सिर्जना हुनसक्ने समय छ । समस्यामा पारिवारिक सहयोग प्राप्त हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । कमी-कमजोरीलाई सुधार गर्ने मौका जुर्ला । तथापि, आम्दानीका स्रोत बिगार्न चाहनेहरू सक्रिय रहन सक्छन्, ध्यान राख्नुहोला । सामान्य प्रतिकुलताका बाबजुद गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन नयाँ कामको प्रस्ताव आउने तथा सहयोगीहरू प्रशस्तै भेटिने सम्भावना छ । धर्मकर्ममा आकर्षण रहला । आफन्तजनको साथ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मनग्य धन आर्जन हुने योग छ तर आजको लाभांश सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना प्रवल छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्नसक्छ, बोली र व्यवहारमा नियन्त्रण राख्नु उचित हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्