साउन १९ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन १९ गते सोमबार ई.सं. २०२५ अगस्त ४ नेपाल सम्बत ११४५ गुलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, साउन शुक्ल दशमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, ब्रम्हा योग, गर करण । आज बिहान ०५ बजेर २८ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चुनौतीयुक्त समय छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिएला । अस्वस्थताले नियमित काममा बाधा पार्न सक्छ । बाध्यकारी कार्यले तनाव बढाउने देखिन्छ । कामको चाप बढेपनि मेहनत गर्दा धनार्जनको योग छ । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम मित्रजनको सहयोगले बन्नेछ । कुनै कामको सिलसिलामा यात्राको योजना बनाउनुभएको छ भने आजका लागि थाती राख्नु उपयुक्त होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दैनिक कार्यमा सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्ने समय छ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्ने सम्भावना छ । तथापि, वादविवादको सामना गर्नुपर्ने योग रहनुका साथै दम्पतीबीच विवाद तथा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, ध्यान राख्नुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदायी दिन छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ भने मुद्दा-मामिलामा पनि विजयी भइएला । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा भएपनि समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । स्वास्थ्यका दृष्टिकोणले दिन ठिकै छ । अनावश्यक यात्रा हुनसक्छ, सजग रहनुहोला । खर्च पनि केही वृद्धि हुने सम्भावना छ । विवेकको प्रयोगले समस्याको समाधान हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शुभदायी समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जनको योग छ । नियमित कार्यमा कामको बोझ कम भएको अनुभूतिका कारण मन प्रशन्न रहला । प्रेम र मित्रताको बन्धन कसिने योग छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा पुग्नेछ । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । मिठो भोजन प्राप्त हुने तथा विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुने देखिन्छ । प्रतिष्पर्धीलाई पछि पार्न सकिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ, तर आफू केही कमजोर भएको अनुभूति हुनसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । दीर्घकालिन फाइदाका लागि । व्यवसायमा लगानी बढाउन सकिनेछ । कामको सिलसिलामा परिवारजनबाट टाढिनुपर्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय छ । तर, अस्वस्थताले काममा ढिलासुस्ती हुनसक्छ । सबल स्वास्थ्यका लागि खानपानलगायतका व्यवहारमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनसक्ने योग छ । विशेष योजना अघि बढउँदै हुनुहुनछ भने साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । रसरागमा आकर्षण रहनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् भने तपाईंबाट भए–गरिएका कार्यबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । व्यक्तित्व निखार्दै सामाजिक हितमा अग्रसर रहने अवसर प्राप्त होला । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने योग छ । आरोग्यबल बढ्नेछ । कर्मको उचित प्रतिफल पाइएला । विभिन्न उपहार प्राप्त हुने योग छ । मिठो भोजनको आनन्द पाइएला । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मेहनतीहरूका लागि समय उत्साहजनक रहेपनि आलस्य गर्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ । तथापि, पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउन सकिने समय छ । यात्रागत कार्यमा सफलता मिल्ला । घरपरिवार एवम् मित्रजनबाट सुखशान्ति मिल्नेछ । दाम्पत्यसम्बन्ध सुमधुर बन्ने देखिन्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । खर्च भने केही बढ्न सक्छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सानातिना घरेलु काममै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य पनि केही कमजोर रहनाले नियमित कार्यमा खासै समय दिन नसकिएला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला । अनावश्यक खर्च वृद्धिले मन पिरोल्न सक्छ । प्रतिकुलताका बाबजुद गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । सामाजिक प्रतिष्ठा पाइनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धा हुने देखिन्छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । सुख सुविधाको वस्तु बढ्नेछन् । भोगविलासमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): लाभ हुने काम प्रारम्भ गर्ने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । नयाँ काममा हात हाल्न सकिनेछ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला । भौतिक साधनसमेत जुट्नेछ । आम्दानी तथा बचतको प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्नेछन् । सोख पूर्तिका लागि खर्च बढाउन सक्छ । सामथ्र्य वृद्धि हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउने, काममा सहयोगीले साथ दिने, समस्याको समाधान मिल्ने र सुख विलास पनि बढ्ने समय छ । रोकिएका काम अघि बढ्नाले उत्साह जागृत होला । केही धन वा बहुमूल्य धातु संग्रह हुनसक्ने योग छ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ, सजग रही व्यवहार गर्नुहोला । रसरागमा आकर्षण तथा दाम्पत्यसुख बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्