आज मिति वि.सं. २०८२ साउन १८ गते आईतबार ई.सं. २०२५ अगस्त ३ नेपाल सम्बत ११४५ गुलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शुक्ल योग, कौलव करण । आज बिहान ०५ बजेर २८ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५१ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय भएपनि आजको दिन प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी ब्यहोर्नुपर्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कृषि तथा पशुपालनमा फाइदा नै होला । पढाइलेखाइका साथै सन्तान पक्षको बारेमा चिन्ता बढ्न सक्छ । स्वास्थ्यगत समस्याले केही सताउने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रुचिका विषयमा लगानी बढाउने समय छ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । अप्ठ्यारो काम मित्रजनको सहयोगले बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुन सक्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको योग छ । मिठो भोजन प्राप्त हुनेछ भने बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्ने देखिन्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ भने खेलकुद र भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । व्यापारमा राम्रै फाइदा मिल्नेछ, तर आजको दिन लेनदेनमा नपर्नु नै उचित हुनेछ । विगतका समस्या बल्झिन सक्छन् , सजग रहनुहोला । विवेकको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै होला । कतै अतिथिका रूपमा सम्मान मिल्ने समय छ । तर, पराक्रम बढ्नुका बाबजुद आज हातमा आएको अवसर गुम्ने सम्भावना छ । सहयोगी वा हितैषीले तपाईंका कमी–कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । बोली र व्यवहारमा संयमता अपनाए सफलताको दर बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन केही अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ, तर मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने देखिन्छ । धेरै समय सानातिना काममा बित्सक्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । रसरागका क्रियाकलापमा मन जाला । मित्रजनको साथ रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनाले काममा उत्साह जागृत हुनेछ । तर, मेहनतअनुसार फाइदा कमै होला । आमाको माध्यमबाट विशेष काम बनाउन सकिनेछ । पूर्ण सफलताका लागि महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । समयमा होसियार बन्न नसक्दा नियमित कार्यमा बाधा र खर्च बढ्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । साथीभाइले मान–मनितो गर्नेछन् । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कामको चापबाट फुर्सद पाइने र सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । नसोचेको ठाउँबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यवसायमा पनि राम्रै फाइदाको योग छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्यप्रति सजगता अपनाउनु हितकर सावित होला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्ने योग रहेकोले विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । रमाइलो यात्राको अवसर जुट्ने देखिन्छ । मिठो भोजन प्राप्त होला । आय र आरोग्यबल वृद्धि हुने देखिन्छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । तथापि, प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । सबल स्वास्थ्यका लागि मसलाजन्य खानपानबाट आजको दिन एकदमै सावधान रहनु हितकर होला । भौतिक साधनको क्षतिले रुपैयाँपैसाको हानी हुने योग छ, सावधानी अपनाउनुहोला । कर्मबल बढ्नाले पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तसुख प्राप्त होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सानातिना काम या घरेलु समस्यामा अल्झनुपर्ने समय छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने आत्मविश्वासका साथ अभिप्रेरित हुनेहरूले चुनौती चिर्ने सामर्थ्य राख्नेछन् । सहयोगीहरूले राम्रै साथ दिनाले प्रतिस्पर्धी परास्त होलान् । परिवारजनको साथ खासै नपाइने योग छ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भाग्यबलका साथै सामर्थ्य वृद्धि हुनेछ । पराक्रम र उत्साह बढ्नुका साथै प्रशस्त धन आर्जन गर्ने मौका जुर्ला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदा हुने देखिन्छ । तथापि, सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनुपर्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यावसायिक काममा खर्च केही वृद्धि भएपनि आजको दिन तपाईंले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । धनलाभको योग रहेको छ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा जटिल काममा पनि सफलता हात लाग्ला । साझेदारीको काम बन्ने र दाम्पत्यसुख बढ्ने देखिन्छ । सुख-सुविधाका साथै विलास पनि बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्