साउन १७ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०८२, शनिबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन १७ गते शनिबार ई.सं. २०२५ अगस्त २ नेपाल सम्बत ११४५ गुंलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शुभ योग, बव करण । आज बिहान ०५ बजेर २७ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५२ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय हुनाले बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । तथापि, आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने योग छ । विभिन्न भौतिक साधनहरू जुट्नेछन्, जसले प्रशन्नता दिलाउनेछ । आफन्तजनसँग असमझदारीको योग रहेकोले सावधान रहनुहोला । मित्रजनको सहयोगमा गरिएको मेहनतले कीर्ति दिलाउनेछ । मनमा आध्यात्मिक भाव पैदा हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर, प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । कुनै नयाँ योजना अघि बढाउने प्रयत्न गर्दै हुनुहुन्छ भने केही समय पर्खनु उचित हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेमभाव बढ्नेछ । तर, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): बौद्धिक कार्यबाट राम्रै धनलाभ हुने तथा दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । सामाजिक उत्तरदायित्व बढ्नेछ र, आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । व्यस्तता वृद्धि भएपनि सभा–समारोहमा मान मिल्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन कामले कीर्तिमानी दिलाउने सम्भावना छ, तर सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आरोग्यबल वृद्धिले पराक्रम पनि बढाउला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका जुर्न सक्छ । अरूलाई प्रभावित पारेर वर्चश्व बढाउन सकिनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । तर, अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । स्वास्थ्यमा पनि केही कमजोरी र उपचारमा खर्च हुने योग छ । रसरागका कार्यक्रममा आकर्षण रहला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काम सार्थक रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय भएपनि प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने योग छ । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्यबल बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ, तर आम्दानी राम्रैसँग वृद्धि होला । कतै आतिथ्यपूर्ण सम्मान मिल्नेछ । प्रेमको बन्धन कसिने तथा दाम्पत्यजीवन सुखद र समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । खर्च केही बढ्न सक्छ, तर खर्चनुसार भरपुर सन्तुष्टि मिल्ने देखिन्छ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । व्यावसायिक यात्राको सम्भावना पनि छ । आजको दिन सवारीसाधनको उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आरोग्यबल वृद्धिका कारण समग्रमा दिन उत्साहपूर्ण रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने समय छ । धेरैले कामको तारिफ गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । विशेष योजनाहरू बन्नेछन् । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ, सावधान रहनु उचित हुनेछ । नियमित कार्यमा केही सुस्तता आउने देखिन्छ । साझेदारीको काममा परिस्थिति अलिक प्रतिकूल रहन सक्छ । देखिन्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मेहनतीजनका लागि आजको दिन उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । शारीरिक तथा आर्थिक कार्यमा सफलता मिल्नाले उत्साह बढ्नेछ । तर, आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानीकाो मार्गमा अवरोध गर्ने तत्व सक्रिय रहनसक्छ, सजगताका साथ व्यवहार गर्नुहोला । केही विवादमा समेत परिने योग रहेकोले बोली र व्यवहारमा लचकताको दरकार छ । आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ । खेलकूद, भ्रमण जस्ता मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिन्छ । आजको लाभांश सञ्चय नहुन सक्ने योग छ । मुद्दा–मामिलामा पनि विजयी भइएला । व्यापार तथा उद्योगतर्फ सामान्य लाभ मिल्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने निकै मेहनत गर्नुपर्ला । नियमकानूनले साथ दिनोले दायित्वलाई पूरा गर्न सकिनेछ । स्वास्थ्य सबल रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । अधिकारका लागि केही संघर्ष हुने तथा प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्न सक्छन् र पनि विजय तपाईंकै हुनेछ । दाम्पत्यसुख बढ्नेछ । आफन्तको साथले ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्