साउन १६ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०८२, शुक्रबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन १६ गते शुक्रबार ई.सं. २०२५ अगस्त १ नेपाल सम्बत ११४५ गुलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, शुभ योग, विष्टि/भद्रा करण । आज बिहान ०५ बजेर २७ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । विछोडिएका मित्र एवम् परिवारजनसँग भेटघाट हुने योग छ । दिनको पछिल्लो प्रहर केही समस्या देखा पर्न सक्छन्, सावधान रहनुहोला । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी हुनसक्छ । तथापि, आमोदप्रमोद स्वादिष्ट भोजनको अवसर मिल्ने देखिन्छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने दिन छ । बोलीको प्रभाव बढ्नाले विभिन्न अवसरले पछ्याउनेछन् । प्रेमभाव बढ्नेछ । अध्ययन तथा लेखनमा मन नलागे पनि आत्मविश्वामा भने कमी आउनेछैन । तर, पुरानो समस्याले झमेला आइलाग्नसक्ने अनि दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्ने योग छ । कृषि तथा पशुपालनमा केही खर्च बढ्ला । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): होसियारीसाथ काम लिनुपर्ने समय छ । दौडधुप बढ्ने देखिन्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । विशेष योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग रहेको छ । व्यावसायिक कामबाट मनोकुलको परिणाम मिल्ला । पराक्रम र बौद्धिकता बढ्नाले कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ, तर नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइलेखाइमा खासै समय दिन नसकिएला । पहिलेका समस्या दोहोरिन सक्छन् । तार्किकताले सम्मान दिलाउन सक्छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । साथीभाइको सहयोगले सुख बढ्नेछ । शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सहयोगीहरूले हात झिक्नाले नियमित कार्यमा अलिक अप्ठ्यारो पर्नसक्छ । काममा रोकावट र कममात्र फाइदा हुने समय छ । आर्जित धन तत्काल खर्च हुनसक्ने योग छ, जथाभावी खर्च नियन्त्रणका लागि सजग रहनु हितकर होला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । काममा मातापिताको सहयोग रहनेछ । तर, बाध्यतामा अलमलिनुपर्दा महत्वपूर्ण काममा रोकावट आउन सक्छ । काम बिग्रने डरले सताउला । कसैलाई बेसुरमा वचन दिने बानीले दुःख मिल्नसक्छ । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा साथीभाइको सहयोगबाट सफलता प्राप्त हुने देखिन्छ । आफन्तको साथ पनि प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्ला । यात्रागत कार्यबाट धनलाभको सम्भावना छ । आमाको माध्यमबाट काम बन्न सक्छ । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ । कृषिकर्मबाट विशेष लाभ उठाउन सकिनेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्नसक्छ, खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । मिठो भोजन प्राप्त हुनेछ । समग्रमा दिन रमाइलैसंग बित्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभता बढेर रोकिएको काम बन्ने समय छ, तथापि साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ, ध्यान राख्नुहोला । अरूको फाइदाका लागि उपयोग भइने योग छ । तथापि, विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । आजको दिन सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला । पारिवारिक भेटघाटको समय छ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि सोचेको काम सफलतापूर्वक सम्पन्न हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्ने हुँदा बोली र व्यवहारमा सजगता अपनाउनु हितकर हुनेछ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ कर्मबल बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सहयोगीहरूले राम्रै साथ दिने र काममा सोचेजस्तै सफलता मिल्ने समय छ । पराक्रम र उत्साह बढ्नेछ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयभाव बढ्ला । भूमि तथा मातृधनबाट लाभ लिने योग छ । पारिवारिक जमघटमा मन रमाउला । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान् । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ने देखिन्छ । आफन्तको साथ मिल्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अवसरको खोजीमा केही दौडधुप गर्नुपरेपनि आजको दिन महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा लगानीको समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । धनआर्जनको योग छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । दौडधुप बढेपनि यात्रागत कार्यमा लाभ प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मेहनत गर्दा प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा राम्रै फाइदा हुने तथा विशेष कार्यमा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । अध्ययन एवम् बौद्धिक कार्यमा भने पछि परिने सम्भावना छ । नियमित कार्यमा सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । अरूले बाधा दिएपनि शुभचिन्तकहरूले साथ दिनेछन् । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख रहनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा समस्या नहोला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्