पेट्रोलको मूल्य घट्दा डिजेल र मट्टीतेलको बढ्यो, खाना पकाउने ग्यासको मूल्य भने यथावत्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य बढाइएको हाे ।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएकाे छ ।

- Advertisement -
Ad imageAd image

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५८ रुपैयाँ र तेस्रो वर्गका लागि १५९ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि १५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

 

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्