साउन १० गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०८२, शनिबार
6 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन १० गते शनिबार ई.सं. २०२५ जुलाई २६ नेपाल सम्बत ११४५ गुंलाथ्व द्वितिया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल द्वितिया, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्धी योग, बालव करण । आज बिहान ०५ बजेर २३ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५६ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । धन मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । खेलकूद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । अनुकूलता वृद्धि हुनाले रोकिएको काममा सफलता मिल्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिएला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । तर, परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम सार्थक रहनेछ । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने दिन छ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिएला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । ऐश्वर्य वृद्धि हुनेछ । साथीभाइको सहयोगले सुख बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । टाढाको यात्राको योग रहेको छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबलका साथै आम्दानी बढ्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि अप्रत्यासित धन आर्जन हुने योग छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य पनि जीवन रमाइलो रहला । यात्रामा सफलता प्राप्त हुनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ, शुभता बढ्नेछ । बेसुरमा वचन दिने बानीले आफैलाई सताउन सक्छ, ध्यान राख्नुहोला । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । सामथ्र्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यबल बढ्नेछ । आर्थिक कार्यमा बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कार्यसम्पादन गर्ने क्षमता बढेपनि आजको दिन केही अवसर फुत्कन सक्छ, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । रसरागात्मक काममा आकर्षण वृद्धि तथा दामपत्यसुख बढ्ने समय छ । तथा सफलताका लागि विशेष योजना कार्यन्वयनगोपनीयतामा विशेष ध्यान दिनु उचित होला । बोली र व्यवहारबाट धेरैको मन लोभ्याउन सकिने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिवारजनसँग आत्मीयता बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिएर जाला । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला । स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । यसका बाबजुद आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ । गल्तीबिनै आरोप लाग्नसक्ने देखिन्छ । सरकारी कडिकडाउको सिकार भइएला । सन्तानसुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन चुनौतीपूर्ण रहने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइने एवम् आफ्नो लागि परिस्थिति अलि प्रतिकूल रहला । काम बिग्रने डरले सताउनेछ । थिचोमिचो गर्नेहरू हाबी हुन सक्छन् । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा आजको दिन निकै नै सजगता अपनाउनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): तार्किक क्षमता बढ्नेछ भने दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त होला । तर, अरूलाई वचन दिने बानीले भने अप्ठेरोमा पार्न सक्छ, सजग रहनुहोला । आफन्तको साथले शत्रुसित लड्ने सामथ्र्य बढ्ला । साझेदारीको काम बन्नेछ, सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्