आज मिति वि.सं. २०८२ साउन ०७ गते बुधबार ई.सं. २०२५ जुलाई २३ नेपाल सम्बत ११४५ दिल्लागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण औँसी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, व्यघात योग, विष्टि करण । आज बिहान ०५ बजेर २२ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५७ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक समस्याको समाधान मिल्ने समय छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनाले समयको सदुपयोग हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आजको दिन आर्थिक कारोबार भने सकभर नगर्नु हितकर होला । आमोदप्रमोदको भाव जागृत हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । तर, लगनशीलताले राम्रै उपलब्धि दिलाउन सक्छ । समय लागे पनि चाहेको काम सम्पादन हुनेछन् । विशेष योजनामा परिवारजनको सहयोग लिनु हितकर हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ, जसले आनन्द वृद्धि गराउला । आश मारेको कामले सार्थकता पाउन सक्छ, प्रयत्न गर्नुहोला । रचनात्मक काममा मन जानेछ । परिवारिकसुख बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): केही चुनौतीको सामना गर्नुपरे पनि व्यापार-व्यवसायमा लाभ हुने समय छ । आय बढ्नेछ । व्यवसाय विस्तारका लागि यात्रा हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धाको योग छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुनसक्छ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । सुखद यात्राको सम्भावना छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूर्तिका लागि खर्च भने केही बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यपनले अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । नयाँ काममा फड्को मार्न सकिएला । रसरागमा आकर्षण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्यबल बढ्नाले बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । कामको सिलसिलामा नयाँ ज्ञान सिक्ने मौका जुर्ने देखिन्छ । आम्दानी बढ्नुका साथै नयाँ सवारी साधन प्राप्तिको योग छ । तथापि, अरूको भरपर्दा काम रोकिने र हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिएला । सहयोगीहरूले राम्रो साथ दिनाले अनुकुलताको अनुभूति हुनेछ । कार्यगति बढेर समस्याको समाधान दिलाउनेछ । आफन्तजन सहयोग ीबनेर देखापर्नेछन् ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): इर्ष्यालुजनहरू काममा अवरोध गर्न अग्रसर हुनसक्ने समय रहेकोले आफ्ना योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा भने केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ, कार्य-व्यवहारमा ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन जानेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, सजग रहनुहोला । प्रतिस्पर्धामा विजयी भइनेछ । स्वादिष्ट भोजनमा मन रमाउला । आरोग्यबल बढ्नेछ । सामथ्र्य वृद्धि हुनाले रोकिएको काम अघि बढ्ने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्नु हितकर सावित हुनेछ । अनावश्यक भेटघाटमा अलमलिँदा महत्वपूर्ण काम पछि पर्नसक्छ, ध्यान दिनुहोला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । कमजोर मानसिकताले पछि परिने सम्भावना छ, हिम्मत गरेर पुरुषार्थी काम सम्पादनको प्रयत्न गर्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रयत्न गर्दा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समस्यामा नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): गरिएका कर्मको उचित प्रतिफल पाइने समय भएपनि पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । दिनको शुरुवात प्रतिकुल जस्तो अनुभूति भएपनि आजको दिन राम्रै धनार्जनको योग छ । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिएला । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख-सुविधाको वस्तुका साथै सुख विलास पनि बढ्ने देखिन्छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्