साउन ०६ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०८२, मंगलवार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन ०६ गते मंगलबार ई.सं. २०२५ जुलाई २२ नेपाल सम्बत ११४५ दिल्लागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन कृष्ण द्वादशी, चन्द्रमा वृष राशिमा, मृग शिरा नक्षत्र, ध्रव योग, तैतिल करण । आज बिहान ०५ बजेर २१ मिनेटमा झुल्किएको घाम साँझ ०७ बजे अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मनोरञ्जनपूर्ण तथा सुखदायी, शुभदायी समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काम र घरेलु समस्या सुल्झाउनमै दिन व्यतीत भएको अनुभूति होला, तथापि अपत्यारिलो किसिमबाट लाभ हुने देखिन्छ । मिठो भोजन प्राप्त हुने र मित्रजनहरूको साथ मिल्ने देखिन्छ । खेलकूदका क्रियाकलापमा आकर्षण रहला । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन मनमा दोधारको अवस्था सिर्जना भएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त होला । यात्रागत कार्य भने आजका लागि थाती राख्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । आफन्तको साथले उत्साह बढ्ने योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मनोरञ्जन पूर्ण समय रहेको छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा हुनसक्ने योग छ, तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । कामधन्दा र व्यवसायको चापक बाबजुद प्रेमी-प्रेमिका मिलन तथा दाम्पत्य सम्बन्धमा न्यानोपन रहला । धर्मकर्ममा आकर्षण बढ्नेछ । मित्रहरूसँगको जमघटमा मिठो भोजनको आनन्द मिल्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही जोखिम बढेपनि परिणाममुखी काममा लगानीको समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमनको योग छ । स्वास्थ्य सबल रही शरीर फूर्तिलो भएको महसुस हुनेछ । कल्पना र भावनामा केन्दित भइएला ।साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहन सक्छ । तथापि, स्वास्थ्य सबल रहनेछ र नियमित काममा पनि जाँगर बढ्नेछ । पराक्रम र उत्साह वृद्धि भइ उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्ने देखिन्छ । आम्दानीको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । रसरागको भाव वृद्धि होला । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । प्रेमभाव वृद्धि भइ सुखदानुभूति हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय छ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । यात्रा सफल हुनेछ । आफन्त र मित्रजनको साथ-सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा मन जानेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिकलाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नपर्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रमका साथै व्यस्तता बढ्नेछ । आजको दिन परोपकार र धार्मिक क्षेत्रमा समर्पित गर्नसके दीर्घकालिक लाभ मिल्नेछ । रोकिएका काम सम्पादन हुनेछन् तर कसैसंग सामान्य विवादको अवस्था आउन सक्छ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । आरोग्यबल बढ्नेछ । पराक्रम झल्किने कार्यमा विशेष सफलता प्राप्त होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो रहनेछ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुने देखिन्छ । सुख–सुविधाको वस्तु खरिदमा खर्च हुने योग छ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला । प्रतिष्पर्धी परास्त हुनेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उद्यम तथा परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्व एवम् मित्रजनहरूसँग सुमधुर सम्बन्ध रहनाले महत्वपूर्ण उपलब्धि हातपर्ने योग छ । पराक्रम वृद्धि होला । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । यात्रागत कार्य सार्थक रहनेछ । रसरागमा आकर्षण बढ्ने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मातापिता एवम् विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने समय छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । सामर्थ्य वृद्धिले काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ काम तथा जिम्मेवारी हात पर्ने समय छ । पढाइलेखाइमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ, सावधानी अपनाउनुहोला । परिवारमा पाहुनाको चाप बढ्ने योग छ । पाहुना तथा साथीसंगीको आवागमनमा महत्वपूर्ण समय खर्च हुनसक्छ । यसका बाबजुद सुख-विलासको भाव पैदा हुनेछ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्