साउन ०५ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०८२, सोमबार
6 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन ०५ गते सोमबार ई.सं. २०२५ जुलाई २१ नेपाल सम्बत ११४५ दिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण एकादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वृद्धि योग, बालव करण । आज बिहान ०५ बजेर २१ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५९ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अवसर आए पनि बेलैमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना रहेकोले धैर्यले काम लिनुपर्ने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च वृद्धि होला । दैनन्दिन कार्यमा पनि केही चुनौतीहरू देखिने योग छ । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला । अनावश्यक व्यस्तता बढ्नेछ, संयमताका साथ कार्य-व्यवहार गर्नु हितकर हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहला । व्यवसायमा फाइदै हुनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । यात्रामा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनुहोला । प्रगतिको दर बढ्नेछ । बौद्धिक र रचनात्मक काममा पनि विशेष सफलता मिल्ने देखिन्छ । पारिवारिक समस्याको समाधान हुनेछ । आफन्तको साथले उत्साह वृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदायी समय छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ भने प्रयत्न गर्दा लाभदायी यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छरछिमेकमा केही असमझदारी र पतिपत्नीमा अविश्वास बढ्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नियमित कर्मका अलावा सामाजिक उत्तरदायित्वसमेत वहन गर्नुपर्ने दिन छ । रोकिएका काम सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीयभाव बढ्नेछ भने भूमि तथा मातृधनबाट लाभ लिने समय छ । ब्यस्तताका साथै महत्वपूर्ण काममा जोखिम बढ्न सक्छ । साथीभाइको सहयोग प्राप्त हुनाले रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । गरी आएका काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ, तर अधिकार सुरक्षा गर्न जुट्नुपर्ने देखिन्छ । शोख पूरा गर्नमा केही खर्च बढ्ने योग छ । रसरागको भाव वृद्धि हुनुका साथै दामपत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । बौद्धिक कार्य सार्थक रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने दिन छ । लगनशीलताले कीर्तिमानी दिलाउला । शत्रु र रोगबाट छुटकारा मिल्नेछ भने मुद्दा-मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने योग छ । प्रेम भाव वृद्धि र सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । समस्यामा मित्रजनको साथ प्राप्त हुनाले कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । प्रेमभावका साथै आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ । धन सम्पदामा बढोत्तरीको योग छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने सम्भावना छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । चुनौतीका बाबजुद पराक्रम बढ्नेछ । रोकिएको काम कठोर मिहिनेतबाट बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): गोपनीयतामा विशेष ध्यान दिनसके आश मारेको काम बन्ने समय छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मित्रजनको सहयोगले महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोगले उत्साह जगाउनेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । नयाँ जिम्मेवारी पाइनाले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । यात्रामा सफलता र मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नियमित कार्यमा चुनौती बढेपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय छ । पढाइलेखाइमा प्रगति होला । प्रतिभाको कदर हुनेछ । सामथ्र्य वृद्धिले काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ भने स्वाास्थ्यगत सामान्य समस्याका बाबजुद हिम्मतले काम लिन सकिनेछ । मित्र एवम् आफन्तको साथ मिल्नाले सुख-आनन्द बढ्ला । साझेदारीको काम बन्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्