साउन ०३ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ श्रावण २०८२, शनिबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन ०३ गते शनिबार ई.सं. २०२५ जुलाई १९ नेपाल सम्बत ११४५ दिल्लागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण नवमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शुल योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजे अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मिश्रित फलदायी दिन छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीयभाव बढ्नेछ । छरछमेकमा भने केही असमझदारी बढ्न सक्छ, सचेत रही व्यवहार गर्नुहोला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । आयस्रोत बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । खेलकूदसम्बन्धी गतिविधिमा आकर्षण बढ्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन उत्साहवर्द्धक एवम् मनोरञ्जनपूर्ण रहला । प्रगतिको दर बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्ने र यात्रावरक काम बन्नेछ । पितृधन समेत लाभ हुने देखिन्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । परिवारिक सुखले उत्साह जागृत गर्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सानातिना कार्य तथा घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि श्रमको उचित मूल्यांकन हुनेछ । पढाइलेखाइमा प्रगति होला । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सजग रहनुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रासुखद रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने र काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, चुनौतीको सामना गर्नपर्ला । सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । व्यापार तथा उद्योगतर्फ जोखिम बढेपनि फाइदाको योग छ । निकट मित्रजनको सहयोग प्राप्तिले सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । विगतका कमी-कमजोरीलाई सुधार गर्न मौका जुर्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । दामपत्यसुख तथा प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । सवारी साधनको प्रयोगमा आज विशेष सजगता अपनाउनु उचित होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । धार्मिक तथा परोपकार जन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएका कामसमेत सम्पादन हुन सक्छन् । नयाँ जिम्मेवारी हात पार्ने मौका जुर्ला । धैर्यले काम लिने प्रयास गर्नुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्ने देखिन्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेम भाव वृद्धि हुनेछ । आफन्तसुख बढ्नेछ । कुनै कामको लागि यात्रा गर्दै हुनुहन्छ भने सार्थक रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुन सक्छ, तर जिम्मेवारी भने बढिरहनेछन् । आम्दानी बढ्ने र कुनै कामविशेषबाट लाभ मिल्ने समय छ । तथापि, सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्छ, सजग रहनुहोला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा लगानीको समय छ । प्रयास गर्दा रोकिएका बन्नेछन्, तर केही मात्रामा खर्च बढ्ने देखिन्छ । नियमित कार्यमा आलस्य जाग्नसक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट विशेष लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिएला, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । मातापिता र आफन्तको सहयोगले विशेष लाभ उठाउन सकिनेछ । तर, परिवारजनको भरणपोषणमा खर्च बढ्नाले उत्साहमा कमी आउला । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ, तर सहयोगीहरूले हात झिक्नाले केही समस्या निम्तने देखिन्छ, सजग रही व्यवहार गर्नुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । आर्जित धन तत्काल खर्च हुनसक्छ, ध्यान राख्नुहोला । नियमकानूनले साथ दिनाले शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । अप्रिय समाचारलाई उपेक्षा गर्ने प्रयत्न गर्नुहोला, अन्यथा मनमा खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि आज खासै ध्यान दिन नसकिएला । व्यापार–व्यवसायमा त्यत्ति फाइदा नहोला, तर प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । विभिन्न अवसर पाइने समय छ । तर, इर्ष्यालुजनले खुट्टा तान्ने प्रयास गर्नसक्ने योग छ, जसले गर्दा सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । तथापि, नसोचेको फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने बेला छ । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्