आज मिति वि.सं. २०८२ साउन ०२ गते शुक्रबार ई.सं. २०२५ जुलाई १८ नेपाल सम्बत ११४५ दिल्लागा अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन कृष्ण अष्टमी, चन्द्रमा मेष राशिमा, आश्विनी नक्षत्र, सुकर्मा योग, बलव करण । आज बिहान ०५ बजेर १९ मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ०२ मिनेटमा हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको समय खासै उत्साहजनक देखिन्न । व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ने देखिन्छ । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नु हितकर हुनेछ । मातृशक्तिबाट लाभ उठाउन सकिनेछ । रोकिएको काम अघि बढाउन प्रयत्न गर्नुभएमा परिश्रम खेर जानेछैन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तर, विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइएला, सतर्क रहनुहोला । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): गरी आएको कामलाई निरन्तरता दिन सकिने सिमय छ । विभिन्न सहयोग र उपहार पाइएला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका जुर्ने देखिन्छ । कृषि तथा पशुपालनमा कम तर व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुप बढेपनि सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । समयमा होश नपुग्दा अनावश्यक खर्च वृद्धि हुनसक्छ, सावधान रहनुहोला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । तर, साथीभाइको सहयोग प्राप्त हुनाले सुख-सन्तोष मिल्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । आँट साहस पराक्रम बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अतिथिका रूपमा सम्मान पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाइएला । रमाइलो यात्राको समेत मौका जुर्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनुहोला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परिश्रमको तुलनामा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ, ध्यान राख्नुहोला । चुनौतीका बाबजुद साहस वृद्धि हुनेछ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त होला । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइने सम्भावना छ, तर सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु उचित होला । आजको दिन सहयोगीहरूले खासै साथ नदिन सक्छन् । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढेपनि रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । अनुकल परिस्थितिका कारण सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । इर्ष्यालुजनले आलोचना गर्नसक्छन्, तर शत्रु परास्त हुनेछन् । पठन–पाठनमा त्यति समय दिन नसकिएला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । खर्च घटाउन योजना र बजेट बनाइ कार्य गर्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्ने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा होला । मिठो भोजन प्राप्तिले सुख बढाउला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने योग रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । साझेदारीको काम भने बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सफलताका लागि थप प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । तथापि, धैर्यका साथ प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा हुनेछ । आरोग्यबल बढ्ला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नियमित कार्यमा अवरोध आउने सम्भावना रहेपनि प्रतिष्ठित काम गर्ने मौका जुर्ला । आत्मविश्वास बढ्नेछ भने आयआर्जन पनि राम्रै हुनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने योग छ । मातृशक्तिको सल्लाह तथा सहयोगले विशेष फाइदा हुन सक्छ । पारिवारिक जमघटमा मन रमाउला । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्ने समय छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्