असार २७ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०८२, शुक्रबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ असार २७ गते शुक्रबार ई.सं. २०२५ जुलाइ ११ नेपाल सम्बत ११४५ दिल्लागा पारु-१६, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, श्रावन कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा धनु राशिमा, उत्तराषाढा नक्षत्र, वैधृत योग । आज बिहान ०५ बजेर १६ मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ०३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): ब्यापारमा सोचेअनुरुपको फाइदा भइ आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार–व्यवसायमा फाइदा हुने समय छ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ला । शत्रु र रोग पन्छाउन उचित मौका जुर्ला, प्रयास गर्नु उचित हुनेछ । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । पारिवारिक सुख बढ्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने देखिन्छ । तथापि, अनायासै खर्च बढ्ने योग छ, सतर्क रही व्यवहार गर्नुहोला । शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आफन्तसुख बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन महत्वपूर्ण कामहरु अधुरै रहने तथा स्वास्थ्यले पनि त्यत्ति साथ नदिन सक्छ, कसैसँग ब्यर्थमा सामान्य वादविवाद पनि हुने सम्भावना छ, सजग रही व्यवहार गर्नुहोला । मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ । समय प्रतिकुल रहेको अनुभूतिका बाबजुद पराक्रम भने बढ्ने देखिन्छ । बौद्धिकता र रचनात्मकता वृद्धि हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिश्रित फलदायी समय छ । घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने देखिन्छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । घरपरिवारबाट पनि त्यत्ति सहयोग प्राप्त नहुने समय छ । कतिपयले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने किसिमको व्यवहार महसूस गर्नुपर्ला । आर्थिक कारोबारले ब्यस्तता बढाउन सक्छ । । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अधुरा कामहरु पूरा हुने र व्यवहारिक समस्याको समाधान मिल्ने समय छ । केही नयाँ काम आरम्भ हुन सक्छन् । धार्मिक एवम सामाजिक कार्यमा सहभागी हुनाले मन रमाउनेछ । पराक्रम वृद्धि होला । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनाले रमाइलो अनुभूति हुनेछ । मनोरञ्जनात्मक एवम् रसरागका क्रियाकलापमा सरिक होइएला । इष्टमित्रको साथ मिल्नेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनाले रमाइलोसँग बित्ने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सेवामूलक एवम् दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ । साथीभाइसित बसेर फलदायी छलफल हुनुका साथै धनलाभको बाटो पत्ता लाग्ने योग छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । यात्रागत कार्यमा सफलता र सुख वृद्धि होला । पराक्रमका साथै मान-महत्व बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउला, साथै खर्च बढ्ने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण र रसरागको भाव वृद्धि हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभता बढेर रोकिएको काम बन्नेछ, सामर्थ्य वृद्धि हुनेछ । जाँगरमा सुधार आउनुका साथै आफन्तले पनि सहयोग गर्नाले रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको समाधान हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै निकट मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन समस्याहरु आफै किनारा लाग्नेछन् भने धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा विशेष फाइदा हुने देखिन्छ । सुखद एवम् फलदायी यात्राको योग छ । गरेको परिश्रमको पूरापुर सुखद परिणाम प्राप्त होला । प्रगतिको प्रशस्त सम्भावनाका कारण मनमा बेग्लै सुखको तरङ्ग पैदा होला । उन्नति पदोन्नति र आयवृद्धिको योग छ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । मित्रजनका साथै घरपरिवारबाट सुखशान्ति पाइएला । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । अनौठो र लाभदायक यात्राको योग छ । परिवारमा हल्का विवाद हुन सक्छ, सजग रही व्यवहार गर्नुहोला । सुख विलास बढ्नेछ । अध्ययन-अध्यापनमा मन जानेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । खर्च वृद्धिका कारण मन अशान्त हुन सक्छ, धीर-गम्भीर रहने प्रयत्न गर्नु हितकर होला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । काममा केही बढी दौडधुप हुने देखिन्छ । यात्रागत कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुने समय छ । परिवारबाट सुख मिल्ला । प्रेम प्रसंङ्गमा बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाव हुने देखिन्छ, ध्यान राख्नुहोला । यसका बाबजुद रसरागमा आकर्षण र दाम्पत्यसुख बढ्नेछ । महत्वपूर्ण कार्यमा जोखिम रहनेछ, आजका लागि थाती राख्नु उचित हुनेछ । शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्