काठमाडौं – पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
निगमले बढेको मूल्य आज रातिबाट लागू हुने जनाएको छ । यो मूल्य समायोजन इण्डियन आयल कर्पोरेशनबाट १५ जुनमा प्राप्त नयाँ मूल्यका आधारमा गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्