आज मिति वि.सं २०८२ जेष्ठ ०२ गते शुक्रवार ई.सं २०२५ मे १६ नेपाल सम्बत ११४५ बछलागा चतुर्थी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण चतुर्थि, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सिद्वि योग, बव करण । आज बिहान ०५ बजेर १४ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ४६ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लाभदायक समय छ । व्यापार–व्यवसायबाट अर्थिक लाभ मिल्नेछ । पारिवारिक सुख प्राप्तिले आत्मबल बढाउला । आरोग्यबल बढ्नेछ । प्रतिष्पर्धी एवम् शत्रुपक्षलाई पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । प्रेमभाव वृद्धि तथा सन्तान पक्षबाट सुख बढ्नेछ । समग्र पक्षमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आकस्मिक रुपले सफलता वा असफलता मिल्ने खालको दिन छ । आर्थिक कारोबार बढ्ला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने समय छ । बाहन चौपाया आदि प्राप्त हुने देखिन्छ । नयाँ सामान खरिदको योग छ । आँट वृद्धिका साथै पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तजनको साथ प्राप्त होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन खास उपलब्धिमूलक नरहने देखिन्छ । अकारण डरत्रासको भाव जागृत हुनसक्छ । वादविवाद तथा झैझगडाको योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । कामहरु अधुरा रहनसक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । आत्मीयजनबाटै असहयोग र आश गरेका व्यक्तिबाट धोका मिल्नसक्ने योग रहेकोले मनलाई दृढ तुल्याउनु हितकर होला । यात्रागत कार्य भने आंशिकरूपले सफल रहने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन घर-परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने सम्भावना छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । आफन्तजनबाट खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । आर्थिक कारोबारले ब्यस्तता बढाउने सम्भावना छ । खेलकुद, भ्रमण, रसराग जस्ता क्रियाकलापमा आकर्षण बढ्ने समय छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका अधुरा कामहरु पुरा हुनुका साथै व्यवहारिक समस्याको हल हुने समय छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम रहला । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आरोग्यबल वृद्धिका साथै रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग पनि छ । बौद्धिक, रचनात्मक तथा कलात्मक काम सार्थक बन्नेछन् । पारिवारिक सुखशांति बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दान पुण्यका कार्यमा आकर्षण बढ्ने समय छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । आजको दिन सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । कृषिजन्य व्यापारबाट पनि राम्रो फाइदा हुने देखिन्छ । साथीभाइसितको छलफलले धनलाभको बाटो पत्ता लाग्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्नसक्ने समय छ । आज स्वास्थ्य पनि कमजोर रहेको अनुभूति होला । नियमित कार्यमा सामान्य बाधा आउनुका साथै आर्थिक हानी हुनसक्ने योग छ । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण रहला । मित्रजनको सहयोग मिल्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका कामहरु बन्नथाल्नाले उत्साह वृद्धि हुने समय छ । देखापरेका समस्याहरूको हल हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै आत्मीय मित्रसंगको भेटले मन रमाउने योग छ । बौद्धिक क्रियाकलाप वृद्धि र त्यसले लाभ दिलाउने देखिन्छ । सामर्थ्य वृद्धि र शत्रुपक्ष परास्त हुनेछ । सुख-सुविधाको वस्तुमा लगानी होला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । समस्याहरु आफै किनारा लाग्नेछन् । उद्योग, कलकारखानामा लगानी गर्दा विशेष फाइदा हुने योग छ । आजको परिश्रम खेर नजाला । अर्थलाभ र नियमित कर्ममा पनि प्रगतिको प्रशस्त सम्भावना छ । सुखद यात्रा हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपरे पनि यात्रागत कार्यको लागि उचित समय छ । अनौठो र लाभदायक यात्राको योग छ । कर्मबल बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन केही चुनौतीयुक्त रहन सक्छ । सोचेअनुरुप काम नहुने र सापटी रकम फिर्ता नहुने योग छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । खर्च वृद्धिले मन अशान्त तुल्याउन सक्छ । बौद्धिक तथा रचनात्मक कार्य सफल रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । दौडधुप बढ्नेछ । नियमित काममा भने मन नजान सक्छ । पारिवारिक सुखको योग छ, तर प्रेमसम्बन्धमा देखापरेको खटपटमा केही सुधार आएपनि मानसिक तनावकै अवस्था रहला । विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्