मर्यादित भएर होली मनाउन उपत्यकाका ३ वटै प्रशासनको अनुरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

काठामाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक तथा भागदौड गर्दा ज्यान समेत जान सक्ने भन्दै शान्तिपूर्ण रूपमा होली पर्व मनाउन सबैमा अनुरोध गरेका हुन्।

- Advertisement -
Ad image

उनीहरूले भनेका छन्, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न÷नगराउन सबैमा अनुरोध छ ।’

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन पनि प्रजिअ कार्यालयले अनुरोध गरेको छ । यही फागुन २९ गतेअर्थात भोलि (बिहीबार) पहाडमा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्