पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको मूल्य घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। डिजेल तथा मट्टीतेलको मूल्य घटेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ४ रुपैयाँ घटेको छ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

- Advertisement -
Ad imageAd image

नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुनेछ। नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ।

oil-1739630862.jpg

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्