पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढ्दा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य मुल्य बढाएको छ । निगमको बुधबार बसेको संचालक समितिको बैठकले पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने त्यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको मुल्य प्रति लिटर १६५ रुपैयाँ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ रहेको थियो ।

- Advertisement -
Ad imageAd image

त्यस्तै डिजल र मट्टीतेलको प्रति लिटर १५६ रुपैयाँ पर्ने भएको छ । यसअघि डिजल र मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ रहेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्