काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार सूचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ बढाएको हो ।
निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्