पेट्रोल र हवाई इन्धनको मूल्यमा वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले शनिबारराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाइ इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि भएको हो।

अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र अन्य क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ।

- Advertisement -
Ad image

त्यस्तै, हवाई इन्धन (आन्तरिक)प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ र अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय)काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्